Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

चर्रामा आजबाट फुटबल प्रतियाेगिता सुरु, उदघाटन खेलमा आयाेजकलाई हराउँदै कठरिया कलाकर्मी विजय

0

पहलमानपुर, १८ मंसिर ।। कैलाली जिल्लाकाे भजनी नगरपालिका वडा नं. ७ स्थित चर्रा गाउँमा फुटबल प्रतियोगिता सुरु भएकाे छ । स्थानीय पुरैना युवा क्लवकाे बार्षिक उत्सवकाे अवसरमा आयाेजित फुटबल प्रतियोगिता आजबाट सुरु भएकाे हाे ।

साे क्लवका कार्यबाहक अध्यक्ष दयाराम कठरियाकाे सभापतित्वमा भएकाे उद्घाटन कार्यक्रमका प्रमुख अतिथी कैलाली क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य गंगाराम चाैधरी रहेका थिए । यस्तै कार्यक्रमका बिशिष्ट अतिथीहरुमा कैलाली ३ (क) का प्रदेश सभा सदस्य घनश्याम चाैधरी, भजनी नगरपालिकाका नगरप्रमुख केवल चाैधरी, उपप्रमुख राजु तिरुवा रहेका थिए ।

उपाध्यक्ष ज्ञानबहादुर कठरियाकाे स्वागत मन्तब्य सँगै सुरु भएकाे प्रतियोगिता अन्तरगतकाे पहिलाे खेलकाे उदघाटन प्रमुख अतिथी तथा अन्य अतिथीहरुले संयुक्तमा गरेका थिए । उक्त उदघाटन खेल आयाेजक चर्रा गाउँका व्यापारी, कर्मचारी, राजनिज्ञ र कठरिया कलाकार, पत्रकार, लेखकहरुकाे विचमा भएकाे थियाे । खेलमा आयाेजक टिमलाई १ का बिरुद्ध ३ गाेल अन्तरले हराउँदै कठरिया कलाकर्मी टिम बिजय भएकाे छ ।

स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्ने उदेश्यले भजनी नगरपालिका वडा नं. ७ काे सहकार्यमा संचालित फुटबल प्रतियोगिताकाे उद्घाटन कार्यक्रमकाे संचालन आयाेजक क्लवका सचिव जय कठरियाले गरेका थिए ।

School
टिप्पणीहरू
Loading...