Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

पुरैना युवा क्लब चर्राको आयोजनामा फुटवल प्रतियोगिता हुने

0

पहलमानपुर, १२ मंसिर ।। कैलाली जिल्लाको भजनी नगरपालिका ७ चर्रामा फुटवल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानिय पुरैना युवा क्लबको आयोजनामा यहि मंसिर १८ बाट प्रतियोगिता हुन लागेको हो ।

सो क्लवको १८ औं बार्षिक उत्सवको अवसरमा आयोजना हुन लागेको खेलमा जुनसुकै स्तरका खेलाडीहरुले सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । खेलमा सहभागि भई विजेता हुने टिमले नगद २५ हजार पुरस्कार प्राप्त गर्ने छन् भने उपविजेता टिमले १५ हजार नगर प्राप्त गर्ने छन् । यसका साथै खेलमा उत्कृष्ट खेल प्रर्दशन गर्ने बेष्ट प्लेयर, बेष्ट किपर, स्कोरर, बेष्ट डिफेन्डर र द राईजिंग प्लेयरलाई सम्मानित गरिने आयोजक क्लवका सचिव जयप्रकाश कठरियाले बताए ।

स्थानिय खेलाडीहरुलाई अवसर प्रदान गर्ने उदेश्यका साथ पुरैना युवा क्लवले लामो समय देखि निरन्तर फुटवल प्रतियोगिता आयोजना गर्दै आएको छ । यस बर्ष आयोजना हुने फुटवल प्रतियोगिताका लागि थप तयारी समेत थालिएको आयोजकले जनाएको छ । उक्त प्रतियोगिताको उद्घाटन कार्यक्रममा साँस्कृतिक कार्यक्रम समेत आयोजना हुने बताईएको छ । प्रतियोगिता क्लबको चर्रा गाउँमा रहेको आफ्नै खेल मैदानमा आयोजना हुने छ ।

School
टिप्पणीहरू
Loading...