Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको ५ मा गठबन्धनकाे क्लिनस्विप

0

कैलाली, ९ मंसिर ।। कैलालीको क्षेत्र नं ५ मा गठबन्धनले क्लिनस्विप गरेको छ। सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका डिल्लीराज पन्त विजयी भएका छन्।

नेकपा एमालेका नारदमुनि रानालाई पराजित गर्दै पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। पन्तले २१ हजार ३ सय ९२ मत प्राप्त गर्दै जित निकाल्दा उनका प्रतिद्वन्द्वी एमालेका रानाले २० हजार ३ सय १८ मत पाएका छन्।

यसअघि यो क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य तथा प्रधानमन्त्री पत्नी आरजु राणा देउवा उम्मेदवार बन्ने चर्चा थियो। उनी यहाँबाट उम्मेदवार पनि सिफारिस भएकी थिइन्। तर, पछि उनले समानुपातिकमा बस्ने निर्णय गरेकी थिइन्। त्यस्पछि पन्तले यहाँ टिकट पाएका थिए। प्रतिनिधि सभामा निर्वाचित पन्त यसअघि ०७४ मा यहीँबाट प्रदेशसभा सदस्यमा विजयी भएका थिए।

यस्तै प्रदेश सभामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा (१) मा गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका रमेश धामी र (२) मा काङ्ग्रेसका प्रकाश देउवा विजयी भएका हुन्।

School
टिप्पणीहरू
Loading...