Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली १ मा नागरिक उन्मुक्तिका उम्मेदवार प्यानल सहित निर्वाचित

0

कैलाली, ८ मंसिर ।। कैलाली निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका छन्। यहाँ प्रतिनिधि सभामा पार्टीकी केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी विजयी भएकी छन्। उनले ३० हजार ४०४ मत ल्याएकी छन्। उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका राम जनम चौधरीले १८ हजार ८१ मत पाएका छन्।

यस्तै नेकपा एमालेका तपेन्द्र रावल भने ५ हजार ९१० मतमै सीमित रहे। यहाँ १ लाख ६७ हजार ७०३ मतदाता रहेकोमा ६४ हजार ९९९ मत खसेको थियो। खसेको मतमा ३ हजार २६८ मत बदर भएका छन्। यस्तै यो क्षेत्रको प्रदेशसभा १ र २ मा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार विजयी भएका छन्। प्रदेश सभा १ मा कैलाश चौधरी विजयी भएका हुन् भने प्रदेशसभा २ लक्ष्मण किशोर चौधरी विजयी भएका छन्।

प्रदेशसभा १ मा विजयी चौधरीले १५ हजार १ सय एक मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दीर्घ राज बिनाडीले १० हजार तीन सय ७७ मत प्राप्त गरेका छन्।प्रदेशसभा २ मा विजयी भएका लक्ष्मण चौधरीले ११ हजार ३१७ मत प्राप्त गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा रणबहादुर रावललाई ३ हजार २६४ मतान्तरले पराजित गरेका हुन्। नेपाली काँग्रेसको केन्द्रीय सदस्य समेत रहेका रावल गठबन्धनका तर्फबाट उम्मेदवार थिए। निकटतम प्रतिस्पर्धी रावलले ८ हजार ५३ मत प्राप्त गरे।

School
टिप्पणीहरू
Loading...