Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रधानमन्त्री देउवा डडेल्धुराबाट सातौं पटक विजयी

0

डडेल्धुरा, ७ मंसिर ।। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट सातौ पटक विजयी भएका छन् । देउवाले २५ हजार ५३४ मत ल्याएर बिजयी भएका हुन । यस्तै देउवासँगै चुनावी प्रतिस्पर्धामा होमिएका सागर ढकालले १३ हजार ४२ मत पाएका छन । स्वतन्त्र उम्मेदवार सागर ढकालको सुई चुनाव चिह्न थियो ।

उनले देउवाविरूद्ध उम्मेदवारी दिएपछि यति मत ल्याउलान् भन्ने धेरैले आश गरेका थिएनन् । देउवाले ढकाललाई १२ हजार ४ सय ९२ मतले पराजित गरेका हुन् ।

२०७४ सालको निर्वाचनमा देउवा माओवादी केन्द्रका खगराज भट्टलाई ६ हजार ६ सय ८६ मतअन्तरमा पराजित गरेका थिए । देउवाले सो निर्वाचनमा २८ हजार ४४ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी भट्टले २१ हजार ४४ मत प्राप्त गरेका थिए ।

एकमात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा देउवा ०४८ सालदेखि निरन्तर जित्दै आएका छन् ।

School
टिप्पणीहरू
Loading...