पहलमानपुर, ३० कार्तिक ।। संघिय तथा प्रदेश सभाको निर्वाचनकै मुखमा नागरिक उन्मुक्ति पार्टीका केन्द्रिय सदस्य विपिन प्रसाद आचार्यले पार्टी परित्याग गरेका छन् । सो पार्टीमा रेशम चौधरीको नाम बेचि राजनैतिक भविष्य खोज्ने झुण्ड सक्रिय भएको भन्दै उनि बुधवार पुनः नेकपा (माओवादी केन्द्रमा फर्किएका हुन् । उनलाई माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कैलाली क्षेत्र नं. ३ बाट प्रतिनिधी सभाका उम्मेदवार रहेका कृष्णकुमार चौधरी (कुन्दन) लगायतकाले पार्टीमा स्वागत गरेका हुन् ।
‘पार्टी भइसकेपछि निति, विधी र सिद्धान्त अनुरुप चल्नुपर्ने हो तर यहाँ त्यो भन्दा माथि ब्यक्तिगत स्वार्थ पुर्ति गर्न तछाड मछाड छ केन्द्रिय सदस्य बिपिन प्रसाद आचार्यले भने । म लगायत अन्य साथीहरु केन्द्रिय सदस्य भएतापनि आज सम्म केन्द्रिय कमिटीको बैठकमा सहभागि हुन पाएका छैनौं, पार्टीको आज सम्म कुनै पनि निर्णय केन्द्रिय कमिटीको बैठकबाट पारित गरिएको छैन् । जो पार्टीको नेतृत्वमा छन् उनिहरुले ठाडो आदेश गर्छन् र त्यो सहि, गलत जे भएपनि स्विकार्नु पर्दछ । जुन असार्न्दभिक, असुहाउँदो बिषय भएकाले सहन गर्न नसकि मैले पार्टी परित्याग रहेको हुँ उनले भने ।’
उनलाई नागरिक उन्मुक्ति पार्टीमा हाल कैलाली क्षेत्र नं. ३ (ख) बाट प्रदेश सभाका उम्मेदवार समेत रहेका खुसिराम चौधरी (भिमसेन) ले पार्टी प्रवेश गराएका थिए । पार्टी प्रवेश गराएको छोटो समयमै उनले परित्याग गरेपछि हाल यस क्षेत्रमा अनेक थरि विष्लेषण गरिन थालिएको छ ।
