कैलाली, २८ कार्तिक ।। प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन आउन अव ७ दिन मात्रै बाकी छ । चुनाव नजिकिदै गर्दा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु उम्मेदवारसँगै चुनावी प्रचारमा व्यस्त छन । देशभरमै चुनावको माहोल छाएको भएपनि कैलालीको क्षेत्र नं. ४ बढी चासोको रुपमा हेरिएको क्षेत्रका रुपमा रहेको छ । यहाँ लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति विर बहादुर बलायर र नेकपा एमालेका तर्फबाट एमालेका प्रदेश ईन्चार्ज लेखराज भट्ट प्रतिष्पर्धामा छन । पुर्वमन्त्री समेत भैसकेका दुई जनाबिचको चुनावी लडाई अहिले चर्चाको विषय बनेको छ । आफ्ना पार्टीका नेताहरुलाई जिताउन यस क्षेत्रका नेताकार्यकर्ताहरुको दौडधुप पनि बाक्लो छ । चुनावी प्रचार प्रसारको अवस्था मात्रै नभई अन्य विविध विषयमा नेपाली कांग्रेसका क्षेत्रिय सभापति एवम् गठबन्धनको निर्वाचन परिचालन मुल समितिका संयोजक बसन्त रोकाया सँगको कुराकानीको सम्पादीत अंश :
१. चुनावी व्यस्तता कत्तिको छ ?
मुख्य कुरा नै चुनाव हो । पार्टीगत रुपमा लागीसकेपछि पार्टीलाई जिताउन अग्रसर हुनैै पर्दछ । अहिले हामी चुनावको सम्मुखमा छदा व्यस्तता नहुने कुरै भएन नी ।
२. चुनावी माहोल कस्तो छ ? नागरिकबाट कस्ता प्रतिक्रियाहरु पाईराख्नुभएको छ ?
चुनावको माहोल एकदमै राम्रो छ । वडा समितिहरुले आयोजना गरेका सभाहरुमा पनि मतदाताहरुको उल्लेख्य उपस्थिति भैरहेको छ । नयाँ उर्जा र उत्साहका साथ जनताहरुले अहिले गठबन्धनको टीमलाई खुलेर सहयोग गरिरहनुभएको छ । नागरिकहरुको उत्साह र प्रतिक्रिया एकदमै सकारात्मक हामिले पाएका छौ ।
३. तपाईको पार्टीबाट उठेका प्रतिनिधि सभाका उम्मेदवारलाई टुरिष्टको संज्ञा दिईदैछ नि ?
यो सवालमा म उहाँहरुलाई विचरा भन्न चाहन्छु । १० वर्ष माननिय भएर, दुई चोटी यहाँबाट जितेर गईसकेपछि पटक पटक मन्त्री हुँदा आफुले गरेका कामहरु जनताका माझ देखाउने आधार नहुँदा उहाँहरुले यो अफवाह फैलाईरहनुभएको छ । विकाशका नाममा एउटा सिन्को पनि नभाँचेपछि जनतामाझ काम देखाउन नसक्दा प्रतिष्पर्धिलाई दुरिष्टको ट्याग लगाउन खोजेका मात्रै हुन ।
हाम्रा उम्मेदवार विर बहादुर बलायर को यही गोदावरी नगरपालिकाको वडा नं. १० र वडा नं. २ मा आफ्नै घर छ । उहाँ अहिले आफ्नै घरमा बसेर चुनावी प्रचार प्रसार गरिरहनुभएको छ । उहाँले यही क्षेत्रमा रहेको ग्वासी स्कुलमा ५÷६ वर्ष अध्यापन गराउनुभयो । त्यतिमात्रै नभई यसै क्षेत्रमा लोकतन्त्र प्राप्तीका लागी, जनताका हक अधिकार प्राप्तीका लागी उहाँले आन्दोलन गर्नुभो र पटक पटक जेल पनि जानुभो । अव तपाई भन्नुस उहाँले यो क्षेत्र बाट जेल जान हुने अनि चुनाव लड्न नहुने हुन्छ र ?
४. गठबन्धनको चुनाव जित्ने आधार के – के छन त ?
सबैभन्दा बलियो आधार त जनमत नै हो । र जनमत कसरी प्राप्त गर्ने भन्ने कुरामा हामीले एमालेको जस्तो प्रचार मुखी एजेण्डा बनाएका छैनौ, महत्वकांक्षी एजेण्डाहरु छैनन । हामीले पुरा गर्न सकिने खालका एजेण्डाहरु अगाडी सारेका छौ । त्यसका साथै लेखराज भट्टज्यूलाई यहाँका जनताले दुई दुई पटक यस क्षेत्रबाट जिताएर पठाउनुभयो, उहाँ पटक पटक मन्त्री पनि हुनुभयो ।
तर उहाँले यहाँका जनताका आशा अपेक्षा अनुसारका कुनै पनि काम गर्न सक्नुभएन । पछिल्लो समयमा त झन उहाँले ३ वर्षमा नै यहाँका जनतालाई धोका दिएर, अभिभावक विहिन बनाएर, उहाँले आफ्नो सिद्धान्त त्यागेर मन्त्रीपद बचाउनका लागी बिच बाटोमै छोडेर जानुभयो । यो क्षेत्रका जनताले दुई वर्ष सम्म संसदमा आवाज राख्ने मान्छे पाएनन्, जनताले जिताईसकेपछि जनताको मतको कदर गर्नुको सट्टा उहाँले त्यसको अपमान गर्नुभयो । त्यही भएर यस पटक कोही पनि जनता उहाँलाई भोट दिने पक्षमा हुनुहुन्न । त्यो नै हाम्रो जितको आधार हो ।
५. गठबन्धन के का लागी हो र यसका एजेण्डाहरु के के हुन ?
मुख्य गरी देशको संविधान माथी खतरा आउँदा गठबन्धन बनेको हो । देशको संविधान नै ध्वस्त पार्ने, देशमा अस्थिरता लाद्ने तानाशाह प्रवृत्ति बन्यो त्यसका विरुद्धमा देशको रक्षार्थ गठबन्धन जन्मिएको हो । देशको रक्षा त गर्नुप¥यो नी हैन र । बाँकी रह्यो एजेण्डा को कुरा, धेरै कुरा नभनीकन छोटोमा भन्नुपर्दा, पाँचदलिय गठबन्धनको मुख्य एजेण्डा भनेकै देश बेच्नबाट बच्नुप¥यो र देशलाई दुर्घटनामा जान दिनुभएन भन्ने मात्रै हो । त्यतिमात्रै नभई देशमा जनताको चाहना बमोजिम बनेको संविधानको रक्षा हाम्रो मुलभुत एजेण्डामा पर्दछ । यदी गठबन्धनले नजिते संविधान नै ध्वस्त हुन्छ । देश अस्थिरतातर्फ जान्छ ।
६. गठबन्धनका उम्मेदवार विर बहादुर बलायरले प्रदेशको राजधानी हावा छ भन्नु को तात्पर्य सम्झाईदिनुस न ।
अहिले एमालेका उम्मेदवारले पनि राजधानी हामी बनाउछौ भनिरहनुभएको छ । तर त्यो सत्य हैन । उहाँले बनाउन सक्नुहुन्न । किनकी उहाँको वडा देखी केन्द्रसम्म दुईतिहाई बहुमत हुँदा उहाँले राजधानीमा एउटा बोर्ड सम्म राख्न सक्नुभएन । अनि उहाँले राजधानी बनाउनुहुन्छ भन्ने कुरा कसरी पत्याउने । बाँकी रह्यो राजधानी हावा छ भन्ने कुरा, स्वाभाविक रुपमा विर बहादुर दाईले भन्नुभएको कुरा एकदमै सत्य हो ।
राजधानी अहिले हावा मै छ । धनगढीमा डेरामा छ र गोदावरीमा हावामा छ । हावामा नभए खै त कहाँ छ राजधानी ? भनेको ठाउँमा देखिएन भने हावामा छ नभनी के भन्ने ? अनि धनगढीमा अहिले पनि राजधानी डेरामै छ त । उहाँले हावामा छ भन्दा एमालेका साथीहरुले यहाँ छ राजधानी भनेर देखाए हुन्थ्यो त ? किन देखाउन सक्नुभएन । जब राजधानी देखिदैन भने नदेखिने चिजलाई हावामा छ भन्नुपरेन त ।
उहाँहरुलाई राजधानी बनाउन के ले छेक्यो ? कोले रोक्यो ? दुई तिहाई बहुमत त केन्द्र, प्रदेश र स्थानिय तहमा पनि थियो त ? आफु बनाउन नसक्ने अनि विरोध गर्दा पचाउन सक्दैनन । अहिले त विर बहादुर दाईले मलाई जिताउनुहोस, ६ महिना भित्र राजधानीको झल्को दिने गरेर काम गर्छु भन्दै हुनुहुन्छ त । एकपटक उहाँलाई जिताएर त हेरौ ।
७. प्रदेश सभाको चुनावी अवस्था कस्तो छ ?
प्रदेशमा पनि एकदमै राम्रो छ । हाम्रो यस क्षेत्रको प्रदेश सभा (ख) मा गोदावरी नगरपालिकाका पुर्व मेयर चुनावी मैदानमा हुनुहुन्छ । तर उहाँ गोदावरी नगरपालिकाको मेयर हुदै गर्दा उहाँका गतिविधि, उहाँका काम जनताले बुझेका छन । उहाँका काम देखेर यहाँका जनता एकदमै लज्जित छन । हामी गोदावरीको हो भन्न नि लाज लाग्ने अवस्था छ ।
अहिले गोदावरी नगरपालिकाका दर्जन बढी कर्मचारीहरु भ्रष्ट्राचारको मुद्धा लागेर अदालतमा छन । उहाँले देशैभरीको सबैभन्दा बढी भ्रष्ट्राचार हुने नगरपालिका बनाइदिनु भयो । कामको नाममा सिन्को भाच्नुभएको छैन । अनि उहाँलाई कुन आधारमा जनताले मत दिन्छन, त्यसैले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका विज्ञ नेता प्रकाश बम अत्याधिक बहुमत ले जित्नुहुन्छ ।
८. कांग्रेस भित्रको आन्तरिक किचलो सकिएको हो ?
कांग्रेस एउटा ईतिहास बोकेको सबैभन्दा ठुलो प्रजातान्त्रीक पार्टी हो । यसमा मैले काम गर्न सक्छु र मेरो क्षमता छ भन्ने नेताहरु दर्जनौ हुनुहुन्छ । सबैले टिकटका लागी दौडधुप गर्नु भो, उम्मेदवार हुने आशा राख्नु भो । तर टिकट एक जनाले पाउने त हो नी । एक जनाले टिकट पाउनु भो । त्यसपछि अहिले सबै जना एकदमै सकारात्मक रुपमा मरिमेटी उम्मेदवारलाई जिताउन लाग्नुभएको छ । हो २०७४ को चुनावमा हाम्रा केही कमी कमजोरीहरु भए, त्यसैले गर्दा हामीले हार बेहोर्नुप¥यो । तर अहिले त्यस्तो छैन । अहिले आन्तरिक किचलो पार्टीमा केही पनि छैन । त्यसको नतिजा तपाईले वैशाखमा भएको स्थानिय तहको निर्वाचनमा देखिसक्नुभएको छ ।
९. तपाई क्षेत्रिय सभापति भैसकेपछि स्थानिय तहको निर्वाचनमा राम्रो नतिजा आउनाको कारण के हो ?
२०७४ को निर्वाचनमा जब हामीले हार बेहो-यौ तब हामीलाई हामीबाट कमजोरी भएको महसुस भयो । त्यसबखत पनि म पार्टीको आन्तरिक टिममा थिए । त्यसैले म पार्टीका कमीकमजोरीहरुको बारेमा राम्रो सँग जानकार थिए । जब म क्षेत्रिय सभापति भए, त्यसपछि मैले ति कमीकमजोरीहरुलाई औल्याएर त्यसको समाधानमा ध्यान केन्द्रित गरे ।
पार्टीका सबै साथीहरुले आफ्नो गल्ती र कमजोरीलाई स्विकार गरी पार्टीको जितमा नै आफ्नो जित देखेर लाग्नुभयो । जसको फलस्वरुप स्थानिय तहमा पार्टीले राम्रो नतिजा ल्यायौ । अत्तरिया अनलाइनबाट
