Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सुदूरपश्चिममा पाँच दिनमा ५०३ वटा पराकम्प, सचेत रहन विज्ञहरुको सुझाव

0

बझाङ, २७ कात्तिक । सुदूरपश्चिममा पाँच दिनको अवधिमा साना ठूला गरी ५०३ वटा पराकम्पहरू गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । गएको मंगलबार राति खप्तड राष्ट्रिय निकुञ्जको आसपास क्षेत्रलाई केन्द्र बिन्दु बनाएर ५.७ म्याग्निच्युड र बुधबार विहान २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएपछि लगातार पराकम्प आउन थालेको हो । 
मंगलबार राति ८ बजेर १२ मिनेटमा सुरु भएको भूकम्प पछि लगातार सोही क्षेत्रको आसपासमा धेरै पराकम्प गएकाले सुरक्षित र सचेत रहन लागि विज्ञहरूले सुझावसमेत दिएका छन् ।

चार जिल्लाको केन्द्रमा रहेको खप्तड क्षेत्र तथा आसपासलाई केन्द्र बिन्दु बनाएर कतिपय महसुस गर्ने खालका भूकम्प गएका छन् भने अधिकांश भूकम्पहरू महसुस नहुने खालका रेकर्ड गरिएको समेत राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र काठमाडौंका भूकम्पविद भरत कोइरालाले बताए । 
उनले गगएको ५१७ वर्षयता पश्चिम नेपालमा ठूलो भुईँचालो नगएको बताउँदै अझै पनि ठूलो विनाशकारी भूकम्प आउन सक्ने हुनाले सचेत हुनुपर्ने सुझाव समेत दिए । 
सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्र हुँदै पृथ्वीको सतहमुनि दुईवटा प्लेटहरूको दरारमा शक्ति सञ्चित भई बसेकाले ८ रेक्टर स्केलभन्दा माथिको विनाशकारी भूकम्प आउने सम्भावना रहेकाले यसको तयारीका लागि सबैले सचेत भएर बस्नुपर्नेमा जोड दिए । 
ठूलो भूकम्प कहिले, कहाँ जान सक्छ भन्ने बारेमा भन्न नसकिने बताउँदै भौतिक पूर्वाधार निर्माण गर्दा भूकम्प प्रतिरोधी बनाउन, भोलिका दिनमा भूकम्पपछि आउने सम्भावित खतरा र त्यसले निम्त्याउने समस्यालाई दृष्टिगत गरेर तयारीमा जोड दिनुपर्ने उनको सुझाव छ । 
उनले भने,‘हामीले सो क्षेत्रमा ८ रेक्टर स्केलभन्दा बढीको भूकम्पको शक्ति सञ्चित भएको अनुमान गरेका छौँ ।’ सोही भूकम्प आउनलाई समेत ६ रेक्टर स्केलका एक हजारवटा भूकम्प गएको खण्डमा ८ रेक्टर स्केलको भूकम्प बराबरको शक्ति क्षयीकरण हुने हुनाले पनि अहिले भूकम्प आउँदैन भन्न नसकिने समेत उनले बताए । 
पाँच रेक्टर स्केलका एक हजार भूकम्प गयो भने ७ रेक्टर स्केलको बराबरको मानिने हुनाले अझै यो क्षेत्रमा पृथ्वीको सतहमुनि रहेका प्लेटहरूको शक्ति क्षयीकरण भई नसकेकाले भूकम्प जति बेला पनि आउन सक्ने भन्दै उनले तयारीमा रहन जोड दिए । 
बिहीबारराति ८ बजेर १२ मिनेटमा खप्तड आसपास केन्द्र बिन्दु बनार ५.७, सोही राति ९ बजेर ५६ मिनेटमा ४.१, बुधबार बिहान २ बजेर १२ मिनेटमा ६.६ र शनिबार राति ८ बजेर १२ मिनेटमा ५.४ रेक्टरको भूकम्पपछि त्यस क्षेत्रमा आइतबार बिहान ६ बजेसम्म मात्र झन्डै ५०३ वटा भूकम्प गएका छन् ।

School
टिप्पणीहरू
Loading...