Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको घाेडाघाेडीमा लवाङ्गी पुजा तथा साँस्कृतिक महाेत्सव हुने

0

पहलमानपुर, २४ कार्तिक ।। कैलाली जिल्लाकाे घाेडाघाेडी नगरपालिका वडा नं. १ स्थित घाेडाघाेडी मन्दिर परिसरमा घाेडाघाेडी लवाङ्गी पुजा तथा साँस्कृतिक महाेत्सव हुने भएकाे छ । घाेडाघाेडी तथा संस्कृति संरक्षण समाजकाे आयाेजना तथा नगर भल्मन्सा संजालकाे सहकार्यमा महाेत्सव मंसिर १० बजे देखि १२ गते सम्म हुन लागेकाे हाे ।
महोत्सवमा थारु संस्कृति भल्काउने झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति सँगै थारु समुदायको भेषभुषा झल्काउने विभिन्न नाचहरू प्रस्तुत हुने आयोजक संस्थाका अध्यक्ष चन्द्रु चाैधरीले बिहिबार सुखडमा साे महाेत्सवकाे जानकारी दिन आयाेजित पत्रकार सम्मेलनमा बताए ।

महाेत्सवमा थारु समुदायको पुरानो बडका नाच, सखिया नाच, लाठी नाच, झुम्रा नाच, कठरिया नाच, दिन नचुवा नाच, धमार, मांगर गित लगायत प्रस्तुत हुने बताईएको छ । यसका साथै महाेत्सवमा थारु समुदायका राष्ट्रिय तथा स्थानीय कलाकारहरुकाे समेत बेजाेड प्रस्तुति रहने बताईएकाे छ ।

थारु समुदायले घोडाघोडीमा लवाङ्गी पूजा परापूर्वक काल देखी गर्दै आएको बताइन्छ । अन्नबाली घर भित्राइसकेपछि त्यो अन्नबाली देउतालाई चढाउनु पर्ने मान्यता सहित यहाँ लवाङ्गी पूजा मनाइने गरिन्छ ।

पछिल्लो एक दशक देखि यहाँ महोत्सव समेत आयोजना हुन लागेको प्रचारप्रसार संयाेजक शंकर डंगौराले जानकारी दिए । लवाङ्गी पूजाको अन्तिम दिन जीवन रक्षाको लागि थारु परम्परा अनुसार सामूहिक रुपमा घोडाघोडी मन्दिरमा बलि चढाएर मात्र नयाँ अन्न खाने प्रचलन थारु समुदायमा अहिले सम्म चली आएको छ । लवाङ्गी पुजामा कैलाली कञ्चनपुर लगायत ५ जिल्लाका थारु समुदायका भक्तजनहरूकाे उल्लेखनिय सहभागी हुने गरेकाे छ ।

School
टिप्पणीहरू
Loading...