Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अबको विकास कर्णाली र सुदूरपश्चिममा हुन्छ : प्रचण्ड

0

जुम्ला, २२ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनले कर्णालीको विकासमा प्राथमिकता दिने बताएका छन् ।

सत्तारूढ गठबन्धनको सभालाई सम्बोधन गर्न आज मङ्गलवार जुम्ला पुगेका अध्यक्ष प्रचण्डले मङ्सिर ४ गतेको चुनावमा गठबन्धनको जित सुनिश्चित भएको दाबी गर्दै अबको विकास कर्णाली र सुदूरपश्चिममा हुने बताए । उनले सिञ्जा सभ्यता नेपालको गौरवको सभ्यता भएकाले सरकारले सिञ्जासम्बन्धी प्रतिष्ठान बनाएर अगाडि बढाउनुपर्नेमा जोड दिए ।

सम्बोधनकै क्रममा अध्यक्ष प्रचण्डले अहिलेको गठबन्धन देशलाई अँध्यारोबाट बचाउन आवश्यक भएको जिकिर गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले दुई तिहाइको सरकार बचाउन नसकेको र पार्टी विभाजन गर्ने काम गरेकाले एमालेलाई नागरिकसँग मत माग्न सक्ने अधिकार नभएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले राप्रपाबाट जुम्लाका प्रतिनिधि सभा सदस्यका उम्मेदवार ज्ञानेन्द्र शाहीलाई व्यङ्ग्य गर्दै राजतन्त्रका प्रेत आत्माहरू जुम्लामा पनि चिच्याइरहेकाले सामन्तवादीहरूलाई नागरिकले शून्य बनाएर छोडिदिने जिकिर गरे।

School
टिप्पणीहरू
Loading...