पार्टी प्रवेश र परित्यागकाे सिजन चलेकाे छ
तैं भन्दा मै राम्राे कहलाउने मिसन चलेकाे छ
गर्ने काेहि हाेईनन्, केवल नाटक मन्चन मात्रै
हाे त्यहि कुराकाे चाैतारीमा गनगन चलेकाे छ
धेरै दिन पछि साँईला आए माेटर कार लिएर
गाउँले दाैडिए हेर्न, काे आयाे चमत्कार लिएर
भन्दै थिए हजुर बुवा पाँच वर्ष पुग्याे कि भनि
शहर पसे देखि भर्खरै नाती आए प्रचार लिएर
चुनावमा मात्रै तात्ने तिमी नि महान हाै नेता ज्यु
पलभरमै स्वाद बिर्सिने गुटखा, पान हाै नेता ज्यु
स्वार्थकाे खेतिगरि साँसद मन्त्री फलाउन खाेज्ने
ठेगानै नहुने बाेली का धनि बेजवान हाै नेता ज्यु
शोषक, सामान्ती र अत्याचारी आउँदैछन्
भोट माँग्न फेरि उहि बलत्कारी आउँदैछन्
थोत्रा, पुराना, झुँठा, उधारो गफ दिनाभनि
नेता भनाउँदा बहुरुपी चमत्कारी आउँदैछन्
✍️ टीआर कठरिया
घाेडाघाेडी न.पा. ११, कैलाली
