काठमाडौं, २० कार्तिक ।। भारतीय अभिनेता रणविर कपुर र अभिनेत्री आलिया भाटलाई पुत्रीलाभ भएको छ । अभिनेत्री आलिया भट्टले आइतबार मुम्बईको गिरगाउँस्थित एचएन रिलायन्स अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।
यो जोडीले यसै वर्षको अप्रिलमा विवाह गरेका थिए । दम्पतीले एक छोरीलाई स्वागत गरेका छन्, स्रोतहरूले भारतीय मिडियालाई भनेका छन् ।
विवाहको लगत्तै, आलियाले आफू गर्भवती भएको घोषणा गर्दा फ्यानहरूका लागि यो सुखद आश्चर्यको रूपमा आएको थियो । आफ्नो सफल फिल्म ब्रह्मास्त्रको व्यस्त प्रचारपछिआलियाले एडामामा नामक आफ्नै मातृत्व ब्रान्ड लन्च गरिन्।
