Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीको सिमरीमा आयोजित नृत्य प्रतियोगिता सम्पन्न (फोटो फिचर)

0

पहलमानपुर, १८ कार्तिक ।। कैलाली जिल्लाको जोशीपुर गाउँपालिका वडा नं. ६ सिमरीमा आयोजित ‘दिया दिवारी साँस्कृतिक मञ्च’ अर्न्तगत नृत्य प्रतियोगिता सिजन ९ सम्पन्न भएको छ । स्थानिय एकिकृत लायन्स क्लबको आयोजनामा हिन्दुहरुको महानपर्व शुभदिपावलीको अवसरमा भएको प्रतियोगिता बुधबार सम्पन्न भएको हो ।

सो क्लबका अध्यक्ष प्रशान्त कठरियाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जोशीपुर गाउँपालिकाका उपाध्यक्ष रेखा देबि कठरिया रहेकी थिईन् भने बिशिष्ट अतिथीहरुमा जोशीपुर गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष भोज डंगौरा, कठरिया समाज नेपालका पुर्व महासचिव सन्तोष, राजनिज्ञ दिर्घराज बिनाडी लगायतका रहेका थिए ।

जिल्ला र जिल्ला बाहिरका दुई दर्जन बढि कलाकारहरुले आफ्नो नृत्य प्रस्तुत गरेको प्रतियोगितामा प्रथम किशाेर (काेहलपुर) र हिपहप ग्रुप (बाैनियाँ), द्धितिय हेमन्त (लम्की) र आभाष र तृतिय स्माईल ग्रुप (डहरबिरिया) भएका हुन् । उक्त प्रतियोगितामा प्रथम हुने दुई ग्रुप भएपश्चात १० हजार पुरस्कार बराबर बाँडेर प्रदान गरिएकाे छ । यस्तै द्धितिय हुने समेत दुई जना भएकाले ४ हजार नगद पुरस्कार बाँडेर प्रदान गरिएकाे छ । त्यसैगरि तृतिय हुनेलाई सान्त्वना पुरस्कार प्राप्त गरिएकाे आयाेजकले जनाएको छ । प्रतियोगिता कडा प्रतिस्पर्धाका बिच सम्पन्न भएकाे हाे ।

कला, साहित्यको क्षेक्रमा योगदान गरेका ब्यत्तित्वहरुलाई सम्मान गरिएको सो कार्यक्रममा बहुचर्चित गायक रामकुमार कठरिया, गायक आरके थारु, मोडेल बिर चौधरी, गितकार सुवेश कठरिया लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए ।

कलाप्रेमी दर्शकहरुको उत्साहजनक सहभागितामा भएको नृत्य प्रतियोगिताको निर्णयहरु बरिष्ठ कलाकार दिप श्रेष्ठ, मनन जंग कुवंर र सदिक्षा चौधरी रहेका थिए । उक्त कार्यक्रमको संचालन निरज बडायक र गोबिन्द कठरियाले गरेका थिए । सिमरी गाउँमा लामो समय देखि साँस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रम हुँदै आएको छ ।

2
4
IMG 20221102 203318
IMG 20221102 202814
School
टिप्पणीहरू
Loading...