पहलमानपुर, १५ कार्तिक ।। नबप्रतिभाहरुलाई अवसर र अग्रजहरुलाई सम्मान गर्ने उदेश्यका आयाेजित नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे छ । जाेशीपुर गाउँपालिका वडा नं. ६ सिमरी स्थित एकिकृत लायन्स क्लवकाे आयाेजनामा हिन्दुहरुकाे महानपर्व शुभदिपावलीकाे अवसरमा साे कार्यक्रमकाे तयारी अन्तिम चरणमा पुगेकाे हाे ।
भाेली कार्तिक १६ गते बुधबारका दिन हुन लागेकाे ‘दिया दिवारी साँस्कृतिक मञ्च सिजन ९’ अन्तर्गत नृत्य प्रतियोगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे क्लबका अध्यक्ष प्रशान्त कठरियाले बताए । उनले प्रतियाेगीहरुकाे नाम दर्ता, कलाकार, अतिथिगणहरुलाई पत्रचार, प्रचारप्रसार, कार्यक्रम स्थल सरसफाई लगायतकाे तयारी गरि सकिएकाे बताए ।
कार्यक्रम बुधबार दिउँसो २ बजे पश्चात उद्घाटन हुने आयाेजकले जनाएकाे छ । सिमरी गाउँमा लामाे समय देखि साँस्कृतिक कार्यक्रम हुँदै आएकाे छ । यस बर्षकाे कार्यक्रममा राष्ट्रिय थारु कलाकारहरुकाे समेत प्रस्तुति रहने बताईएकाे छ ।
