Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

धनगढी उपमहानगरपालिकाले १२२ ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणमा मुक्तिनाथ पठायो

0

धनगढी, ३ कात्तिक ।  धनगढी उपमहानगरपालिकाले एक सय बढि ज्येष्ठ नागरिकलाई तिर्थ यात्राका लागि मुक्तिनाथ धाम पठाएको छ । वार्षिक स्वीकृत कार्यक्रमअनुसार नगर क्षेत्रका १९ वटै वडाबाट एक सय २२ जना ज्येष्ठ नागरिकलाई मुक्तिनाथ धाम धार्मिक तिर्थ भ्रमणमा पठाइएको हो ।

उनीहरुलाई नगर प्रमुख गोपाल हमाल, उपप्रमुख कन्दकला रानासहित वडाध्यक्षहरुले संयुक्त रुपमा तिर्थ यात्रा भ्रमणको सफलताको कामना गर्दै बिहीबार दिउँसो धनगढीबाट खादा र टीकासहित बिदाई गरेका छन् । नगर प्रमुख हमालले ज्येष्ठ नागरिकको सम्मानका लागि वार्षिक स्वीकृत कार्यक्रमअनुसार उनीहरुलाई तिर्थ भ्रमणमा मुक्तिनाथ पठाइएको जानकारी दिए ।

नगर प्रमुख हमालकाअनुसार प्रत्येक वडाबाट कम्तीमा पाँच जनाका दरले छनोट गरिएको छ भने समाजमा विशिष्टकृत योगदान गरेका तर ज्येष्ठ नागरिकको परिभाषाभित्र पर्ने व्यक्तिहरुलाई पनि भ्रमणमा समेटिएको छ ।

उपमहानगरपालिकामा सेवारत रहेर चालु आर्थिक वर्षभित्र अवकास प्राप्त गर्ने कर्मचारीहरु पनि भ्रमणमा गएका छन् । भ्रमणको व्यवस्थापनको काम लक्ष्मीनारायण मन्दिरले गर्नेछ भने सहजीकरणका लागि स्वास्थ्य शाखा र सामाजिक विकास शाखाका कर्मचारीलाई पठाइएको उपमहानगरपालिकाले जनाएको छ ।उपमहानगरपालिकाले ज्येष्ठ नागरिकको धार्मिक भ्रमणलाई निरन्तरता दिइने जनाएको छ ।

School
टिप्पणीहरू
Loading...