Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलाली क्षेत्र नं. १ क का स्वतन्त्र उम्मेदवार सन्ताेष कठरियाले पाए लालटिन चुनाव चिन्ह

0

पहलमानपुर, २६ असाेज ।। कैलाली क्षेत्र नं. १ क मा प्रदेश सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका सन्ताेष कठरियाले लालटिन चुनाव चिन्ह पाएका छन् । उनलाई आज निर्वाचन आयाेगले साे चिन्ह प्रदान गरेकाे हाे ।

क्षेत्र नं. १ का लाेकप्रिय, क्षमतावान, युवा नेतृत्वका रुपमा परिचित कठरिया हालै नागरिक उन्मुक्ति पार्टी परित्याग गरि चुनावी मैदानमा हाेमिएका हुन् । उनी नागरिक उन्मुक्ति पार्टीमा केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश सहसंयाेजक रहेका थिए ।

साे पार्टीमा गलत प्रबृत्ति माैलाउँदै गएपछि आफुले पार्टी परित्याग गरेकाे उनी बताउँछन् । हाल स्वतन्त्र हुनु म आफुलाई गर्व भएकाे उनकाे तर्क छ । कठरियाले चुनाव चिन्ह पाए सँगै भाेलि देखि थप सशक्त रुपमा चुनावी कार्यक्रम गरिने बताएका छन् ।

School
टिप्पणीहरू
Loading...