धनगढी, २३ असोज । भीम रावललाई अछाम १ बाट टिकट नदिएपछि आक्रोशित एमालेकै नेता कार्यकर्ताहरुले झपट बोहराको उम्मेदवारी दर्ता गर्ने क्रममा कालो झण्डा देखाइ बिरोध प्रदर्शन गरेका छन् ।
आइतबार जिल्ला निर्वाचन कार्यालय अछाममा टिकट पाएका झपट बोहरा उम्मेदवारी दर्ता गर्न जाँदा उनकै पार्टीका कार्यकर्ताहरुले अध्यक्ष केपी ओली बिरुद्ध बिरोध प्रदर्शन सहित कालो झण्डा देखाएका हुन् ।
नेता भीम रावललाई प्रदेश र जिल्ला कमिटीले उम्मेदवारको लागि सिफारिस गरे पनि केन्द्रबाट हस्तक्षेप गरी नेकपा बिघटन पश्चात एमाले मै बसेका झपट बोहरालाई टिकट दिएको थियो । रावललाई टिकट नदिएपछि अहिले अछाम एमालेमा बिद्रोहको संकेत देखिएको छ ।







