Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीमा पालिका स्तरीय प्रारम्भिक बाल विकास समिति गठन

0

कैलाली, ८ असोज ।। कैलालीको कैलारी गाउँपालिकामा पालिका स्तरीय प्रारम्भिक बालविकास समिति गठन भएको छ । कैलारी गाउँपालिकाको आयोजना, पिसविन कैलालीको सहकार्य र यूनिसेफ, सेतो गुराँस बालविकास सेवाको संयुक्त सहयोगमा संचालन भएको स्थानीय तहमा एकिकृत प्रारम्भिक बालबालिकाका लागि दुई दिने योजना तर्जुमा कार्यशाला छलफल पछि गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा पालिका स्तरीय समिति गठन भएको हो ।

पालिका स्तरीय प्रारम्भिक बालविकास समितिको सदस्यमा कार्यपालिका सदस्य तथा वडा नम्बर ३ अध्यक्ष सन्तराम चौधरी, सामाजिक विकास अधिकृत यगम कलेल, शिक्षा यूवा तथा खेलकुद शाखा प्रमुख गणेश प्रसाद मिश्र, स्वास्थ्य शाखा प्रमुख विरेन्द्र सापकोटा, महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी, खानेपानी तथा सरसफाई शाखाका शंकर अवस्थी, पीसवीन कैलालीका जिल्ला कार्यक्रम संयोजक शान्ति मगर, सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर रहेका छन् ।

पालिका स्तरीय समिति स्थानीय तहका सरोकारालाई एकिकृत प्रारम्भिक बालविकासको अवधारणबारे जानकारी गराउने, प्रारम्भिक बालविकासका क्षेत्रमा विभिन्न शाखाबाट भएका कार्यक्रमहरु एकिकृत गर्ने, प्रारम्भिक बाल्य अवस्थाका बालबालिकाहरुको सर्वागिण विकासको अधिकारलाई सुनिश्चित गर्न स्थानीय तहको भुमिका प्रवद्र्धन गर्ने र स्थानीयतहमा तर्जुमा गरिने बार्षिक तथा आवधिक योजनामा प्रारम्भिक बालविकासका क्षेत्रमा लगानी अभिवृद्धि गरी गुणस्तर अभिवृद्धि गर्न मद्दत पुरयाउने उद्देश्यले कार्यक्रमको आयोजना भएको पिसविन कैलालीका जिल्ला कार्यक्रम संयोजक शान्ति मगरले जानकारी गराइन् ।

शुक्रबार भएको समापन कार्यक्रममा गाउपालिका अध्यक्ष राजसमझ चौधरी शिक्षाको बलियो जग बालबालिकाबाट सुरु हुने बताए । गएको एसइइ रिजल्टप्रति सन्तुष्ट नभएको भन्दै उनले शिक्षामा बढी ध्यान दिनु पर्ने उहाँले बताए । समुदायमा रहेको बालविकास केन्द्रलाई पालिकाले विशेष प्राथमिकतामा राख्ने अध्यक्षले बताए । कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरी बालबालिका भविष्यका कर्णधार रहेको भन्दै बालबालिकामा लगानी गर्नुपर्ने बताइन् । उनले पालिकालाई बालमैत्री बनाउन प्रतिवद्धता जनाइन् ।

कैलारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर पालिकालाई बालमैत्री बनाउन ८० वटा सुचक पार गर्नु पर्ने र कैलारीले धेरै सुचक पुरा गरि सकेको बताए । उनले गर्भावस्थादेखि ८ बर्षसम्मका बालबालिकाका लागि गाउँपालिकाले स्थानीय तहमा एकिकृत प्रारम्भिक बालबालिकाका लागि योजना बनाएको बताए । यूनिसेफका हेल्थ अफिसर काली पुन स्थानीय तहलाई बालबालिकाको सवाललाई केन्द्रमा राखेर बजेट बनाउन आग्रह गरेकी थिइन् ।

सेतो गुराँस बालविकास सेवाका कार्यक्रम संयोजक शशी विसी बालबालिकाको लागि निर्माण भएको स्थानीय तहमा एकिकृत प्रारम्भिक बालबालिकाका लागि योजना कार्यान्वन आउनमा विश्वास व्यक्त गरेकी थिइन् । कार्यक्रमको संचालन सामाजिक विकास अधिकृत यगम कलेलले गरेका थिए । दुई दिनसम्म संचालन भएको कार्यक्रममा सेतो गुराँस बालविकास सेवाका कार्यक्रम संयोजक शशी विसी र रमा थपलिया सहजीकरण गरेकी थिइन् ।

एकिकृत प्रारम्भिक बालबालिकाका लागि योजना तर्जुमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐर, सामाजिक विकास अधिकृत यगम कलेल, सम्बन्धित शाखाका प्रमुख, सबै वडाका अध्यक्ष, सचिवहरु र इलाका प्रहरी कार्यालय हसुलियाका प्रमुख रामसिंह बोहरा लगायतको सहभागिता रहेको थियो ।

School
टिप्पणीहरू
Loading...