Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

होसियार– मोबाईल सिरानीमा राख्नाले हुनसक्छ, क्यान्सर

0

एजेन्सी, २८ भदौं ।। अहिले त हाम्रो मोबाइल बोक्नु कुनै रमाइलो होइन, बाध्यकारी जीवनशैली जस्तै भइसकेको छ। मोबाइल नहुने हो भने केही समय पनि कटाउन गाह्रो हुन्छ। बेलुकी विस्तारामा होस् या बिहान उठ्ने वित्तिकै हामी मोबाइल चलाउन थालिहाल्छौँ।

तर, बेलायतको एक्जिटर लगायतका केही विश्वविद्यालयमा गरेको अध्ययनले सिरानी छेउ मोबाइल राखेर सुत्दा निकै धेरै समस्या आउन सक्ने पत्ता लगाएको छ। अध्ययन अनुसार मोबाइललाई सिरानी छेउ राख्दा क्यान्सर मात्र होइन, नपुंसकता पनि हुनसक्छ। 

अन्तर्राष्ट्रिय क्यान्सर रिसर्च एजेन्सीले मोबाइल फोनबाट निस्किने इलेक्ट्रोम्याग्नेटिक विकिरणलाई सम्भावित क्यार्सिनोजेनको श्रेणीमा राखेको छ। मोबाइलको अत्याधिक प्रयोगले कानमा ट्युमर पलाउन सक्ने र क्यान्सर हुने सम्भावना बढ्ने उसको अध्ययनले देखाएको छ। 

त्यस्तै, बेलायती विश्वविद्यालयहरुले गरेको एउटा अध्ययनले मोबाइल फोनबाट निस्कने विकिरणको नपुंसकतासँग सम्बन्ध हुने पत्ता लगाएको थियो। मोबाइल फोनको अत्याधिक प्रयोगले पुरुषमा शुक्राणुको उत्पादन घटाउनुका शुक्राणुको गति पनि सुस्त बनाउने त्यो अध्ययनको निष्कर्ष थियो। इजरायलको विश्वविद्यालयले गरेको अध्ययनले त सुत्नुभन्दा आधा घन्टा अगाडि नै मोबाइल फोनको प्रयोग रोक्नु पर्ने बताएको छ। 

Dinesh Add
School
टिप्पणीहरू
Loading...