Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भदौ ३१ गते मतदाता नामावली सार्वजनिक हुने

0

काठमाडौं, २८ भदौ : निर्वाचन आयोगले यही भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुर्‍याएको र त्यसलाई यही ३१ गते सार्वजनिक गर्ने योजना रहेको उनले बताए ।

Dinesh Add

सोमबार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले यसअघिको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनभन्दा कम खर्च हुने गरी आगामी मंसिर ४ गतेको निर्वाचन सम्पन्न गर्न आयोग प्रतिवद्ध रहेको बताए । आयोगले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता विपरितका गतिविधि हुन नदिन सुक्ष्म अनुगमनको व्यवस्था गरेको जनाएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले दल र त्यसका उम्मेदवारहरूलाई निर्वाचन आचारसंहिता र कानुन विपरितका गतिविधि हुन नदिन आयोगले आवश्यक नीतिगत र संरचनागत व्यवस्था गरेको जानकारी दिए ।

garima
School
टिप्पणीहरू
Loading...