Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बलात्कारको तथ्यांकमा ४० प्रतिशत नबालिग

0

कैलाली, २६ भदाैं ।। केही दिन यता राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने सामाजिक सञ्चालमा छाएका छन् । उनी विरुद्ध १७ वर्षीय नाबालिगलाई करणी गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

भदौ ५ मा दिनभर नगरकोट घुमाएर राति एयरपोर्टस्थित शम्भु मार्गमा रहेको होटल ‘काठमाडौँ इन’ मा लगेर सन्दीपले पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । सन्दीपमाथि लागेको आरोपबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ ।

त्यसको लगत्तै कैलालीको घोडाघोडी नगरपालिकाका १५ वर्षीया बालिकामाथि सामूहिक करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । एक जना आरोपित फरार छन् । गत मंगलबार राति किशोरीमाथि सामूहिक करणी भएको भन्दै शुक्रबार कैलालीको सुख्खडस्थित इलाका प्रहरी कार्यालयमा जवरजस्ती करणको उजुरी परेको थियो ।

करणी भएको सम्बन्धमा पीडित परिवारले शुक्रबार इलाका प्रहरी कार्यालयमा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । उजुरीपछि प्रहरीले करणीमा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार पीडित बालिकाले दिएको बयानमा सुख्खडमा आयोजित गौरा पर्वमा मनाइएको देउडा हेर्न गएकी बालिकालाई युवकहरुको समूहले उनलाई बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७८–०७९ मा १ हजार ५६० जना नाबालिकमाथि बलात्कार भएको तथ्यांक छ । यो अवधिमा ११ देखि १६ वर्षका ९६३ जना बालिका रहेका छन् । यस्तै १० वर्षमुनिका २६८ जना, १७ र १८ वर्ष उमेर समूहका ३२९ जना रहेका छन् ।

२०७९ साउन महिनामा १० वर्षमुनिका ३३ जना, ११ देखी १६ वर्षका १०३ जना, र १७ देखी १८ वर्ष उमेर समूहका २९ जना बालिका बलात्कृत भएको तथ्यांक छ । यो अवधिमा काठमाडौँ उपत्यकामा मात्र १४ जना बालिका बलात्कृत भएको प्रहरी कार्यालयमा उजुरी परेको छ । प्रहरी कार्याका अनुसार आर्थिक वर्ष र चालु आर्थिक वर्षको साउन महिनाभरमा १ हजार ७२५ जना बालिका बलात्कृत भए तथ्यांक छ ।

यस्तै ओरेक नेपालले २०२२ मे महिनामा गरेको अध्ययन अनुसार कूल बलात्कृत मध्येमा ४० प्रतिशत नाबालिगहरू रहेको देखाइएको छ । कानुनले १८ वर्ष पुगेपछि मात्र बालिग मान्ने गरेको छ ।

Dinesh Add
jagattara
School
टिप्पणीहरू
Loading...