Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

डेंगुको महामारीबाट बच्न सरसफाई आवश्यक

0

कैलाली, २६ भदाैं ।। पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप देखिएको छ । गत सावन यता कैलालीमा ७१ जनामा डेंगुको संक्रमण देखिएको छ । जसमध्ये सबभन्दा बढी लम्कीचुहा नगरपालिकामा ६६ जना डेंगुको संक्रमण देखिएको छ, भने घोडाघोडी नगरपालिमा २ र बर्दगोरिया गाउँपालिकामा ३ जनामा संक्रमण देखिएको हो ।

केही दिन अघि उपचारका क्रममा धनगढी उमहानगरपालिका उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण मृत्यु भएको थियो । शनिबार धनगढीमा डेंगु रोग नियन्त्रण तथा रोकथाम बारे पत्रकार बिच अन्तरक्रिया कार्यक्रम गरिएको छ ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थय कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले डेंगुलाई समयमै नियन्त्रण गर्न आवश्यक रहेको बताए । समयमै नियन्त्रण गर्न नसके डेंगु महामारीको रुप लिन सक्ने उनले बताए । उनले डेंगु नियन्त्रण गर्न सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न अनुरोध गरे
‘डेंगुको एउटा केस देखिए महामारीको रुपमा लिइन्छ’, कार्यालय प्रमुख धामीले भने–‘सावन यता कैलालीमा धेरै केसहरु देखिएको छ, यसलाई महामारीको रुपमा नै लिन सकिन्छ ।’

डेंगु बाट बच्न उनले आफ्नो घर आँगन वरिपरि तथा पानी जन्मे ठाउँ सरसफाई गर्न सुझाए । डेंगुको आर्थिक रुपमा उपचार पद्धति खर्चिलो भएकोले डेंगु रोगबाट उनले डेंगु नियन्त्रण नै आवश्यक रहेको औंल्याए ।
‘डेंगु संक्रमण भएका विरामीको उपचार पद्धति नै धेरै खर्चिलो हुन्छ’, उनले भने–‘त्यो भन्दा पहिले हामीले डेंगु नियन्त्रण गर्न हामीले आफ्नो घर आँगन वरिपरि तथा पानी जन्मे ठाउँ सरसफाई आवश्यक हुन्छ ।

गत आव २०७८/०७९ को सावन मसान्त सम्म कैलालीमा १५६ जनामा डेंगु संक्रमण देखिएको थियो । जसमध्ये लक्मी चुहा नगरपालिकामा मात्रै १३३ जनामा डेंगु संक्रमण देखिएको थियो भने धनगढी उपमहानगरपालिकामा ७, गोदावरीमा ६, घोडाघोडी र भजनीमा ३/३, गौरीगंगा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा १/१ जनामा संक्रमण देखिएको थियो ।

यसैगरि आर्थिक वर्ष २०७७/०७८ मा ९५ जनामा संक्रमण भएको थियो । जसमध्ये सबैभन्दा बढी लम्की चुहानगरपालिकामा ५९, टीकापुर नगरपालिकामा २८, धनगढी उपमहानगरपालिकामा ४, बर्दगोरिया गाउँपालिकामा ३, र घोडाघोडी नगरपालिकामा १ जनामा डेंगु संक्रमण देखिएको थियो ।

School
टिप्पणीहरू
Loading...