Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मसुरियामा विश्व आत्महत्या रोकथाम दिवस मनाइयो

0

मसुरिया, २५ भदौं ।। विश्व आत्महत्या रोकथाम दिवस कैलालीको गौरीगंगामा मनाईएको छ । आशा जगाऔं, जीवन बचाऔं मुल नाराका मसुरिया बजारमा प्रभातफेरी र्‍याली सहित अभिमुखीकरण कार्यक्रम गरिएको थियो ।

टि.पी.ओ. नेपालका कैलाली जिल्ला मनोपरामर्श दाता दिनेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा पहिलो संविधान सभा सदस्य कृष्ण कुमार चौधरीले सम्बोधन गरेका थिए । जुनसुकै उमेर समुहका मानिसहरुले आत्महत्या गर्ने हुँदा घर परिवार समाजमा कमजोर मनस्थिति बनाउने व्यक्तिको उपचारमा प्रोत्साहन गर्नुपर्ने चौधरीले बताएका छन् ।

घर परिवार साथीभाइ सकारात्मक सोचका साथ जिवन उपयोगी सिप विकास गरेर सहयोगात्मक सम्बन्ध बनाएमा सहि परामर्श र उपचारले आत्महत्याबाट मृत्यु हुने जोखिम कम गर्न सकिने कार्यक्रमका सहभागीहरुले बताएका थिए । मसुरिया स्वास्थ्य चौकीको समन्वयमा टिपिओ नेपालको आयोजनामा गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियोे ।

Dinesh Add
zero emission ride n poster 1
School
टिप्पणीहरू
Loading...