Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भातको माडका फाइदाहरू

0

काठमाडौं, २४ भदौं ।। भात पकाउँदा आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। यो स्वास्थ्यका लागि धेरै फाइदाजनक छ। यो बच्चाहरूको धेरै समस्याको समाधान लागि प्रभावकारी मानिन्छ।

यसका केही फाइदाहरू :
१.पखलाको औषधि: बालबालिकामा लाग्ने पखाल रोक्न भातको पानी निकै प्रभावकारी औषधि हो। यो पानीले बालबालिकाको पेट गडबढ हुने पक्रियालाई नियन्त्रण गरी आनन्द प्रदान गर्छ। भातको माड खुवाउँदा बच्चालाई तारन्तार दिसा लाग्दैन। भातको माडमा हुने कार्बोहाइड्रेडले बच्चालाई कमजोरीबाट जोगाउँछ। तर चार महिनाभन्दा मुनिको बच्चालाई माड खुवाउनु उति राम्रो मानिँदैन।

Dinesh Add

२.कब्जियतको समाधान: भातको पानीमा हुने फाइबरले पेट दुख्ने र पाचनसँग सम्बन्धित समस्यालाई समाधान गरिदिने हुँदा पेट डुम्म भयो वा दिसा गर्न समस्या भएमा दैनिक एक गिलास भातको माड खाँदा कब्जियतबाट छुटकारा मिल्छ।

३.छाला  कसिलो बनाउन:भातको माडलाई अनुहारमा लेपन बनाएर लगाउँदा अनुहार सफा, चम्किलो र कसिलो हुन्छ। छाला चिलाउने समस्यामा पनि माड उपयोगी हुन्छ। चिलाएको ठाउँमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नुहाउँदा चिलाउने हराएर जान्छ। मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ।

४. कपाल स्वस्थ बनाउन: भातको माडले कपालमा चमक ल्याउनुका साथै कपाल उम्रन सहयोग गर्छ। यसले कपाललाई पनि छिटो-छिटो वृद्धि गराउँछ। 

५.शरीरलाई उर्जाशिल बनाउन: बिरामीले कमजोर भएको शिशुलाई तग्रिनको लागि माड खुवाउन सकिन्छ। माडमा पाइने कार्बोहाइड्रेडले शरीरमा तत्काल ऊर्जा दिन्छ।  

zero emission ride n poster 1

६.शीतल: भातको पानीमा एउटा स्वाभाविक चिस्याउने तत्त्व हुन्छ जसले घामको प्रकाशले डढेको छालालाई चिस्याउन र जलन रोक्न सहयोग पुर्‍याउँछ। 

७.भिटामिनको काम: भिटामिन बी–६ दिमागको विकासका लागि महत्त्वपूर्ण मानिन्छ। चामललाई केही बेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन्। बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउदा फाइदा गर्छ। 

School
टिप्पणीहरू
Loading...