पहलमानपुर, २४ भदौं ।। नेकपा (एमाले) बाट कैलाली क्षेत्र नं. ३ को प्रदेश (ख) मा कृष्णप्रसाद मिश्र सिफारिस भएका छन् । पार्टीको नगर कमिटीको बैठकले उनलाई प्रदेश सभामा सिफारिस गरेको हो ।
लामो समय देखि राजनितीमा सक्रिय मिश्र घोडाघोडीका पुराना र जेष्ठ राजनितिज्ञ हुन् । २०३५ साल देखि सक्रिय राजनिती सुरु गरेका उनि हाल नेकपा (एमाले) का सुदूरपश्चिम प्रदेश कमिटीका सचिवालय सदस्य रहेका छन् ।
मिश्र सँगै प्रदेश सदस्यमा जयनारायण जोशी, विष्णु चौधरी र मनराज शाही सिफारिस भएका छन् । यस्तै समानुपातिकमा लक्ष्मी चौधरी र चन्द्रिका चौधरी सिफारिस भएको एमाले घोडाघोडी नगरकमिटीले जनाएको छ ।


