Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा देउडा हेर्न गएकी बालिका माथि सामूहिक बलात्कार 

0

कैलाली, २४ भदाैं ।। कैलालीको घोडाघोडी नगरपालिकामा एक बालिकामाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी परेको छ । वडा नम्बर १ को सुखड हेलिप्याडमा देउडा हेर्न गएकी १५ वर्षीया बालिका बलात्कृत भएको बताईएको छ । भदौ २१ गते राति ४ जनाले सामूहिक रुपमा बलात्कार गरेको भन्दै ती बालिकाले इलाका प्रहरी कार्यालय सुखडमा जाहेरी दर्ता गराएकी छिन् ।

काम छ भन्दै एकान्तमा बोलाई जवरजस्तीकरणी गरेको जाहेरी पत्रमा उल्लेख छ । आरोपितमध्ये तीन जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले बताए । एक जना आरोपित फरार भएको प्रहरीले जनाएको छ । अदालत बाट म्याद थप गरी घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । 

garima 1
jagattara
School
टिप्पणीहरू
Loading...