Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

मूख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधि सभामा सर्वसम्मत सिफारिस

0

डोटी, २३ भदाैं ।। आगामी प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) डोटीले उम्मेदवार सिफारिस गरेको छ । बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्ष तर्फ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई सिफारिस गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य समेत रहेका भट्टलाई सर्व सहमत सिफारिस गरिएको डोटीका पार्टी संयोजक कमल बहादुर गड्सिलाले बताए । पार्टीले प्रतिनिधि सभा समानुपातिक तर्फ ५ जना सिफारिस गरेको छ ।

सिफारिस हुनेमा खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक र जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठ रहेका छन् ।

Dinesh Add
School
टिप्पणीहरू
Loading...