Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

घोडाघोडीमा आजबाट होमस्टे व्यवस्थापन तालिम सुरु, कठरिया होम स्टे संचालक समेत सहभागि

0

कैलाली, २२ भदौं ।। कैलालीको घोडाघोडी नगरपालिका–४ माघीमा होमस्टे व्यवस्थापन तथा क्षमता अभिवृद्धि  सम्बन्धी ५ दिने तालिम सुरु भएको छ । घोडाघोडी नगरपालिका, यु.एन.डिपी.र सेवक नेपालको संयुक्त साझेदारीमा सञ्चालित हरित उत्थानशीलता तथा समावेशी कोभिड १९ प्रतिकार्य परियोजना मार्फत तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्दै यु.एन.डिपी,सुदूरपश्चिम प्रदेशका संयोजक बैजन्ती गिरी सिंह ले यस तालिम बाट धेरै कुराको जानकारी दिइने उनले बताउनु भयो । जिविको  पार्जनको माध्यमलाई बढाउनको लागी तालिमको आयोजना गरेको उनको भनाई छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई होमस्टेमा भित्र्याउनको लागी यस तालिमले धेरै कुरामा टेवा पुग्ने बैजन्ती गिरी सिंहको भनाई छ ।

सेवक नेपालका अध्यक्ष पवन कुमारी भण्डारीले समुदायमा सञ्चालनमा भएका होमस्टेलाई कसरी राम्रो बनाउने र पर्यटकहरूलाई आकर्षक गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइने बताउनु भयो । तालिममा व्यवस्थापन देखी सिङ्गो समुदाय लाभान्वित हुने कुराको जानकारी दिइने उनको भनाई छ ।

वडा नम्बर १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता घनश्याम ओझाले कोरोनाले पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा यसको पुर्नरुत्थानसँगै भएको तालिमले होमस्टे व्यवसाय बढाउनमा सहयोग पुग्ने उनले बताए । होमस्टेलाई खाने बस्ने र रमाइलो गर्ने ठाउँ मात्र नभएर पर्यटन आकर्षण गर्न भौतिक पूर्वाधार निर्माण र प्रचार प्रसार गर्नु पर्ने उनले बताए । 

५ दिने तालिममा माघी होमस्टे र कठरीया होमस्टेका २५ जना महिला तथा पुरुषहरूको सहभागिता रहेको छ । तालिममा अपेक्षा सङ्कलन तथा उद्देश्य माथि छलफल, होमस्टेमा ग्राहक पहिचान, व्यवसायीक योजना, कार्य योजना, होमस्टे बजार तथा बजारीकरण, यसको प्रवर्द्धन तथा प्रवर्द्धनका माध्यम, वर्तमान अवस्थाको विश्लेषण लगायतका विषयमा सहभागीहरूलाई प्रशिक्षण गराइने बताईएको छ ।

भाद्र २२ गते बाट सुरुको तालिम  २६ गते  सम्म संचालन हुने संस्थाले जनाएको छ । तालिमको प्रशिक्षण भीम बहादुर विष्ट गरी राख्नु भएको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरूको सहभागिता रहेको थियो ।

School
टिप्पणीहरू
Loading...