Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

नेपाली चलचित्र ‘प्रेम गीत ३’ जापानमा पनि प्रदर्शन हुने

0

काठमाडौं, १७ भदौं ।। बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘प्रेम गीत ३’ सेप्टेम्वर २४ तारिखबाट जापानमा प्रदर्शन हुने भएको छ।चलचित्रको पहिलो शो टोक्योको मेगुरो कुमिन सेण्टर मा हुने भएको हो।

यस अघि ‘प्रेम गीतु र ‘प्रेम गीत २’ बक्स अफिसमा सफल भएको थियो। अधिकतम चर्चामा रहेको प्रेम गीत ३ जापानको २५ शहरमा प्रदर्शन हुने तय भएको छ।

सन्तोष से न र स्व.छेतन गुरुङको निर्देशनमा रहेको यस चलचित्र कोरोना महामारीको कारण रिलिज हुन सकेको थिएन। चलचित्र प्रेम गीत ३ आउँदो सेप्टेम्बर २३ मा विश्वभर रिलिज हुने घोषणा भएतापनि जापानमा भने सेप्टेम्बर २४ बाट मात्र प्रदर्शनीमा आउने जापानका लागी अफिसियल बितरक सेभेन सामुराई ईन्टरनेशनल कम्पनीका प्रबन्ध निर्देशक रेशमकुमार डंगोलले जानकारी दिए।

अभिनेता प्रदीप खड्का र अभिनेत्री कृष्टिना गुरुङ मुख्य भूमिकामा रहेको यस फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, अनुभव रेग्मी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ।

प्रेम गीत ३ को जापानको २५ शहरमा चल्ने निश्चित भएको र यो संख्या बढ़ने क्रममा रहेको वितरक कम्पनीले जनाएको छ।चलचित्र प्रेम गीत ३ जापानको टोक्यो सहित ओसाका,नागोया,कोबे,ओकिनावा,फुकुओका,मिए लगायतका शहर हरुमा प्रदर्शन हुनेछ।

School
टिप्पणीहरू
Loading...