Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

भजनीमा कृषि व्यवसाय सेवा प्रदायक संजाल गठन

0

यज्ञराज जैशी, भजनी, ६ भदौं ।। कैलाली जिल्लाको भजनीमा कृषि व्यवसाय सेवा प्रदायक संजाल गठन गरिएको छ । दिगो विकास समाज भजनी, वर्ल्डभिजन इन्टरनेशनल नेपाल र डिएफएटी द्धारा संचालित महिला तथा आप्रवासीहरुको आर्थिक पुनः स्थापना परियोजना अर्न्तगत सो संजाल गठन गरिएको हो ।

सोमावार भजनी नगरपालिकाका कृषि साखा प्रमुख कमल चौधरी रहने गरि २० सदस्य कार्यसमिती चयन गरिएको छ । जसको उपसंयोजकमा पशु सेवा साखाका त्रिलोक नाथ चौधरी सचिवमा कृषि एम्बुलेन्स सेवाका अमित कुमार चौधरी र कोषाध्यक्षमा अगुवा कृषक रुपा चौधरी चयन भएका छन् ।

यस्तै अन्य सदस्यहरुमा अगुवा बलिराम चौधरी, फुक्कुराम डंगौरा, सभापति देवि डंगौरा, राजकुमार चौधरी, सन्तुराम डंगौरा, राधा कुमारी थारु लगायत रहेका छन् ।

स्थानिय स्तरमा रहेका कृषि व्यवसाय सम्बन्धि विभिन्न सेवा प्रदायकहरु र साना तथा मध्यम आकारका कृषि उद्यमीहरु विच सरल र सहज नेटवर्क स्थापना गर्न सो संजाल गठन गरिएको दिगो विकास समाजका अध्यक्ष रामबहादुर सुनारले बताए ।

garima 1
School
टिप्पणीहरू
Loading...