पहलमानपुर, ५ भदौं ।। नेकपा (एमाले) बाट स्थानिय तहको निर्वाचनमा कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मा वडा अध्यक्ष पदका उम्मेदवार बनेका मदोदर चौधरी नेकपा (माओवादी केन्द्र) मा फर्किएका छन् । शुक्रवार एक विज्ञप्ति जारी गर्दै उनि माओवादी फर्किएको घोषणा गरेका हुन् ।
‘एमाले पार्टीले आफ्नो जनमत प्राप्त गर्न जनता र कार्यकर्ताहरुलाई भ्रममा पार्ने गरेको मैले स्थानिय तहको निर्वाचनमा सहभागि हुँदा थाहा पाएँ, त्यसमा पनि एमालेका नेताहरुले संघियता खारेजीको कुरा मिडियामा बोलेको कुरा मलाई असाध्यै मन परेन्’ त्यस कारण गणतन्त्रको जन्मदाता, संघियताको निर्माता नेकपा (माओवादी केन्द्र) मै फर्किएँ’ चौधरीले भने ।
नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगर सचिवालय सदस्य रहेका उनि स्थानिय तहको निर्वाचन भन्दा केहि समय अगाडि एमाले प्रवेश गरेका थिए । उनिलाई अइतवार पार्टीको नगर कमिटीले स्वागत गरेको हो ।

