Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जनज्योति नेपाली समाजको नाम परिवर्तन गरि मेची महाकाली समाज राखियो

0

पहलमानपुर, ३ भदौं ।। भारतमा रहेका नेपालीहरु द्धारा संचालित जनज्योती नेपाली समाजको नाम परिवर्तन गरि मेची महाकाली समाज एसोसिएशन राखिएको छ । संस्थाको बैधानिकता प्राप्त गर्ने क्रममा पुरानो नाम परिवर्तन गरि नयाँ नाम राखिएको हो ।

‘भारत सरकारले जनज्योति नेपाल समाज नाममा केहि प्रक्रिया अपुग भएको भन्दै संस्था संचालनको बैधानिकता दिन आनाकानी गरेकाले हामीले बाध्यवस् नयाँ नाम राखेका छौं’ समाजका सचिव टेक बहादुर कडायतले बताए । उनले भने ‘नाम परिवर्तन भएतापनि हाम्रो उदेश्य र लक्ष्यमा परिवर्तन भएको छैन्, हाम्रो संस्थाको मुलमर्म मानव सेवा नै धर्म हो ।’

jagattara


रोजगारीका लागि भारतमा बस्दै आएका नेपालीहरु द्धारा सन् २०१९ मा मानव सेवाका लागि स्थापना गरिएको मेची महाकाली समाज एसोसिएशनमा ५० भन्दा बढि सदस्यहरु आवद्ध रहेका छन् । संस्थाले लामो समय देखि दुखि, गरिब, बेहाराहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ ।

‘आर्थिक अभावकै कारण विभिन्न स्वास्थ्य समस्या भई उपचार नपाएका नेपालीहरुलाई हामीले पहिलो प्राथमिकतामा राखेर सहयोग गरेका छौं’ मेची महाकाली समाज एसोसिएशनका अध्यक्ष प्रेम सिंहले बताए । यसका साथै कोरोना महामारीको समयमा पनि हामीले विभिन्न स्वास्थ्य तथा शैक्षिक संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेका थियौं उनले भने ।

सो संस्थाले विभिन्न साना, ठुला सहयोग कार्यक्रम गरि हाल सम्म १७ वटा सहयोग कार्यक्रम सम्पन्न गरिसकेको छ । जस अनुसार ४ लाख ८ हजार २ सय ९१ रुपैयाँ संस्थाले मानव सेवामा खर्चिसकेको बताएको छ ।

School
टिप्पणीहरू
Loading...