पहलमानपुर, २ भदौं ।। नेकपा (माओवादी केन्द्र) घोडाघोडी नगरपालिका वडा नं. ११ का ईन्चार्ज घनश्याम कठरिया नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको छोटो समयमै पुनः पुरानै पार्टीमा फर्किएका छन् । पछाडि परेको वर्ग, समुदाय, क्षेत्र, लिङ्गको पक्षमा वकालत गर्दै आएको पार्टी माओवादी केन्द्र नै भएको भन्दै उनि पुरानै पार्टीमा फर्किएका हुन् ।
भर्खरै सम्पन्न स्थानिय तहको निर्वाचनमा हाम्रो पार्टीको गतिविधीमा केहि त्रुटि र कमजोरी देखिएको थियो । जसका कारण आफुमा नैराश्यता पैदा भई आवेगमा अन्य पार्टीको गतिविधीमा सरिक भएको उनको भनाई छ ।
बिहिबार कठरिया द्धारा जारी विज्ञप्तिमा भनिएको ‘देश र जनताको आशाको किरण थारु, दलित, आदिवासी जनजाती र पछाडि परेको वर्ग, समुदायको पक्षमा आन्दोलनको आदिबेरीबाट उत्पीडित जनताको पक्षमा नेपालको संविधानमा अधिकार लेखाउन सफल पार्टी नेकपा (माओवादी केन्द्र) नै हो ।
त्यसैले म कुनै भ्रममा नपरि देश र जनताको पक्षमा निरन्तर वकालत गर्न आफ्नो पुरानै पार्टीमा फर्किएको छु र पार्टीले सुम्पेको जिम्मेवारीलाई शिरोधार्य गरि अगाडी बढ्ने कुरा पार्टी पंक्तिलाई अवगत गराउन चाहान्छु ।’

