कैलाली, ३० श्रावण ।। शिक्षा सेवा आयोगले साउन २८ गते संचालन गरेको परीक्षामा प्रश्नपत्र र उत्तरपुस्तिकाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा रद्द गरेको छ । कैलालीको त्रिभुवन मावि बोराडाँडी ‘ख’ केन्द्रमा परीक्षा दिएका परीक्षार्थी विनोद कुमार बमको परीक्षा रद्द गरीएको हो ।
शिक्षा सेवा आयोग सानोठीमी भक्तपुरले एक सूचना जारी गर्दै बमले परीक्षाको मर्यादा विपरीत भिडियो बनाई सामाजिक संञ्जालमा राखेकाले उनले दिएको निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको दरखास्त रद्द गरीएको उल्लेख छ ।
साथै उक्त सूचनामा बमलाई आगामी २ बर्ष सम्म आयोगबाट संञ्चालन गरीने अध्यापन अनुमति पत्रको परीक्षामा प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको जनाइएको छ ।

