Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

अमिताव बच्चन सरकारी जागिरको परीक्षामा पटक–पटक फेल !

0

काठमाडौं, २७ श्रावण ।। ‘कोन बनेगा करोडपति’ १४ को पछिल्लो एपिसोडमा अमिताभ बच्चनले एक खुलासा गरेका छन् । अगष्ट ११ मा प्रशारण भएको उक्त एपिसोडमा पछिल्लो एपिसोडका रोल ओभर कन्टेस्टेन्ट श्रुति दुर्गा सहभागी थिइन् । उक्त एपिसोडमा श्रुतिले ५० लाख रुपैयाँ जितिसकेकी थिइन् । त्यसपछि उनले अगाडि नबढ्ने फैसला लिँदै ‘हट सिट’ छाडिन् । 

त्यसपछि क्विज खेल्न भोपालका सम्पदा सराफ गुर्जर आएकी थिइन् । २७ वर्षका सम्पदा डेपुटी कलेक्टर हुन् । उनका पति भोपाल पुलिसमै डीएसपी छन् । यही एपिसोडमा अभिनेता सोनु सुदले सम्पदालाई कोरोना महामारीको समयमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए । सोनुले कोरोना महामारीको समयमा राहत अभियान सञ्चालन गरेका थिए । 

त्यही समय ‘बिग बी’ अमिताभले आफूले पनि फिल्मी करियर शुरू गर्नुअघि धेरैपटक सरकारी जागिरका लागि परीक्षा दिएको र फेल भएको खुलासा गरेका थिए । 

जब सम्पदा ‘हट सिट’मा बसिन् र भनिन्, ‘म मध्यप्रदेशमा डेपूटी कलेक्टर हुँ ।’ अमिताभले उनलाई भने, ‘तपाईं त सरकार हो ।’ त्यसपछि सम्पदाले अमिताभको हिट फिल्मको तारिफ गर्दै भनिन्, ‘सरकार तपाईं हो ।’ त्यसपछि अमिताभले आफूले सरकारी जागिरका लागि कोसिस गरेको तर सफलता प्राप्त गर्न नसकेको खुलासा गरे । 

अमिताभले सरकारी जागिरका लागि लिइने परीक्षा कठीन हुने अनुभव सुनाए । कठीन हुने गरेकैले धेरैले परीक्षा दिन छाड्ने गरेको उनको भनाइ थियो । उनले भने, ‘मैले पनि कलेजपछि केही सरकारी जागिरका लागि परीक्षा दिएँ, तर, मैले पास गर्न सकिन । फेल हुँदै गए ।’ लोकान्तर

School
टिप्पणीहरू
Loading...