Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

स्थानिय सरकारको वेवास्ता पछि सडक मर्मतमा जुटे भलौवाबासी

0

पहलमानपुर, २५ श्रावण ।। कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ भलौवा टोलका स्थानियहरु गाउँको सडक मर्मतमा जुटेका छन् । बर्खायाममा बालबालिकाहरुलाई विद्यालय जान समस्या भएपछि सो टोलबासी स्वर्स्फुत रुपमा सडक मर्मतमा जुटेका हुन् ।

‘हामीले बाटो मर्मतका लागि वडा तथा नगर सरकारलाई बारम्बार अनुरोध गर्‍यौं तर उहाँहरुले हाम्रो समस्यालाई गम्भिरताका साथ लिनु भएन् आदर्श प्राथमिक विद्यालका शिक्षक तथा स्थानिय यज्ञराज अवस्थीले बताए । उनले भने ‘घर आँगनकै स्थानिय सरकारले आश्वासन बाहेक केहि सहयोग गर्ने तत्परता देखाउन नसकेकाले हामी आफै बाटो मर्मत गर्न लागेका हौं ।’

सो सडकको पानी जम्ने ठाउँ, खाल्डा खुल्डीहरु पुर्न टोलमा ट्रेक्टर भएकाले सोको सहयोग र अन्यले श्रमदान गरिरहेका छन् । भलौवा टोलबासीले आफ्नो नागरिकहरुको सामान्य आवश्यकता समेत पुरा गर्न हिच्किच्याउनेलाई आगामी संघिय चुनावमा मज्जाले जवाफ फर्काउने समेत चेतावनी दिएका छन् ।

School
टिप्पणीहरू
Loading...