Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

विद्युत सर्ट हुंदा एक घरमा आगलागी, लाखौंको क्षति

0

पहलमानपुर, २१ श्रावण ।। कैेलालीको घोडाघोडी नगरपालिका वडा नं. १० घुम्निभाकल स्थित एक घरमा आगलागी भएको छ । स्थानिय नेत्र चौलागाईको घरमा गएराती विद्युत सर्ट भई आगलागी भएको हो ।

सो घरमा कोहि नभएको र रातीको १ बजे आसपासको समयमा घर भित्रबाट केहि पड्केको जस्तो आवाज सुनियो त्यसपश्चात हामी बाहिर निस्किंदा घरमा आगो लागि सकेको थियो स्थानिय दधिराम चौलागाईले बताए । उनले भने हामी गाउँहरुले आगो निभाउने कोसिस गर्‍यौं तर सम्भव नभएपछि दमकलको मदत लियौं त्यसपश्चात लामो समय पछि मात्रै आगो नियन्त्रणमा आएको हो ।

आगलागीबाट कुनै किसिमको मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । साथै घरमा राखेका अन्नबाली, नगद, अतिआवश्यक कागजात लगायतका अन्य सरसमान भने पुर्णयता जलेर नष्ट भएको प्रहरी चौकी पहलमानपुरले जनाएको छ । घट्नाको थप र यकिन विवरण अझै आउँन बाँकी छ ।

School
टिप्पणीहरू
Loading...