Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलालीमा चक्कु प्रहारबाट दुई जना घाइते

0

मसुरिया, १८ श्रावण ।। कैलालीमा बिद्यार्थी माथि चक्कु प्रहार भएको छ । घोडाघोडी बहुमुखी क्याम्पसमा अध्यनरत विद्यार्थीहरु सुखड् देखी मसुरिया आउने क्रममा सार्बजनिक बसमा यात्राको क्रममा चक्कु प्रहार भएको हो । चक्कु प्रहारबाट दुई जना घाईते भएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पस कक्षा १२ मा अध्यनरत गौरीगंगा ८ बढैपुरका (सागर) इडेन सुनार र वरर्दगोरीया गाउँपालिका १ का जुद्ध बहादुर साउद घाइते भएका हुन् । (सागर) इडेन सुनारलाई सार्बजनिक बसमा घर फर्कने क्रममा गौरीगंगा ९ शंकरपुरका सुनिल आउजी र गौरीगंगा ५ बालुवाटारका पुष्कर भाटले सहित ४ जनाको समूहले चक्कु प्रहार गरेका थिए ।

चक्कु प्रहार गर्ने समुहको खोजी भैरहेको प्रहरीले जनाएको छ । घाईते सुनारको घाटी, हात र खुट्टामा चोट लागेको छ । केहि समय देखि पुस्कर र सुनीलको समुहले मसँग झगडा गर्न खोज्ने गरेको मैले बेवास्ता गरेको थिएँ । आज म सहि २ जना साथी सुखड्बाट बसमा चढेर पछिल्लो सिटमा बसेका थियौं ।

मेरो पिच्छा गर्दै अर्को एक जना पनि सँगै चढे अन्य ३ जना सोहि बसमा घोडाघोडीबाट चढे डोके बजार पुग्नै लाग्दा एक्कासी घाटी ताकेर सुनिल र पुस्करले चक्कु प्रहार गरे अन्य २ जनाले सहयोग पुर्‍याए । २ जना लाई आफुले नचिनेको सुनारले बताए । अर्का घाईते रोजगारीका लागि भारत जादै गरेका व्यक्ति रहेका छन ।

बसमा सवार बरर्दगोरीया १ का जुद्ध साउदले चक्कु नियन्त्रण गर्न खोज्दा हातमा चोट लागेको छ । घाइते दुई जनाको पहलमानपुर पोलिकिल्नीकमा उपचार भैरहको छ । चक्कु प्रहार गर्ने आउजी र भाट सहित चार जना फरार रहेका छन् । फरार चार जनाको प्रहरीले खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

School
टिप्पणीहरू
Loading...