Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जोशीपुर गाउँपालिकाले दियो गुरही पर्वको स्थानिय विदा (सुचना सहित)

0

पहलमानपुर, १६ श्रावण ।। कैलालीको जोशीपुर गाउँपालिकाले साउन शुक्ल पञ्चमी (गुरही) पर्वको अवसरमा श्रावण १७ गते स्थानिय विदा दिने निर्णय गरेको छ । पालिकाको गाउँकार्यपालिकाको श्रावण ६ गते बसेको बैठकको निर्णय अनुसार सो दिन स्थानिय विदा दिइएको हो ।

जोशीपुर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मिनराज कठरिया द्धारा सोमबार स्थानिय विदा सम्बन्धि जारी सुचना अनुसार नाग पञ्चमी तथा थारु समुदायको पहिलो पर्व गुरहीको अवसरमा विदा दिने भनिएको छ । उक्त दिन पालिकाको कार्यालय, सम्पुर्ण वडा कार्यालय, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरुमा विदा दिईएको छ ।

joshipur gurhi
School
टिप्पणीहरू
Loading...