Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

जीविकोपार्जनका लागी कृषि सामाग्री र साना व्यवसायीलाई इलेक्ट्रोनिक्स सामाग्री हस्तान्तरण 

0

कैलाली, १३ श्रावण ।।  कैलालीको घोडाघोडी नगरपालिका १ सुखडमा साना व्यावसायीहरुलाई जीविकोपार्जनका लागी फ्रिज र इलेक्ट्रोनिक्स सामाग्री हस्तान्तरण गरिएको छ । दिगो विकास समाज भजनी कैलाली र वर्ल्ड भिजन इन्टरनेशनल नेपाल कैलालीको साझेदारीमा सञ्चालित पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाले उनीहरूलाई सामाग्री हस्तान्तरण गरिएको हो ।

एक कार्यक्रमका बिच उप प्रमुख गुलिया कुमारी चौधरीले साना व्यावसायीहरुलाई जीविकोपार्जनका लागी फ्रिज र इलेक्ट्रोनिक्स सामाग्री हस्तान्तरण गर्नु भएको थियो । घोडाघोडी नगरपालिकाका, भजनी नगरपालिका वडा नं ४ र ९, गौरीगङ्गा नगरपालिका र कैलारी गाउँपालिका १३ जना साना व्यावसायीहरुलाई फ्रिज र इलेक्ट्रोनिक्स सामाग्री हस्तान्तरण गरिएको थियो ।

उनीहरूलाई प्रतिव्यक्ति २५ हजार ५०० रुपैयाँ बराबरको सामाग्री हस्तान्तरण गरिएको जनाइएको छ । त्यसै गरी कृषि उत्पादनमा संलग्न ४४ जना उत्पादकहरूलाई  सिल पाउलिन प्लास्टिक, आइरन पाइप, इलोक्टोनिक्स स्येयर टैकी १६ लिटर, प्लास्टिक क्रेट, हजारी १० लिटर, मलचिंग प्लास्टिक ४०० मिटर, तराजु १०० केजी इलोक्टिौनिक्स, थोपा सिचाई, गार्डेन पाइप, इलोक्ट्रोनिक्स मोटर र काउली, बन्दा, खुर्सानी आदि हस्तान्तरण गरिएको छ ।

प्रर्ति व्यक्ति ६ हजार देखी १८ हजार सम्मका उत्पादकका आवश्याकता अनुसार सामाग्री हस्तान्तरण गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजनाका अधिकृत प्रभु ढकालले जानकारी बताए । जीविकोपार्जन गरी आर्थिक आम्दानी गरी वाल संवृद्धि ल्याउने उद्देश्यले कृषि सामाग्री तथा साना व्यवसाय सञ्चालन सामाग्री वितरण गरिएको उनले बताए ।

वितरण अघि दिगो विकास समाज र सामाग्री प्राप्त कर्ता बिच दुई पक्षिय सम्झौता समेत गरिएको छ । वितरण कार्यक्रममा दिगो विकास समाज भजनीका  सह सचिव धनिराम राजी, उप प्रमुख गुलिया कुमारी चौधरी, परियोजना अधिकृत प्रभुनाथ ढकाल,गोविन्द जोशी, सुरज चौधरी र ललित चौधरीको सहभागिता रहेको थियो ।

School
टिप्पणीहरू
Loading...