Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारी गाउँपालिका–७ का वडा सदस्य चौधरीको निधन

0

कैलाली ,१३ श्रावण ।। कैलालीको कैलारी गाउँपालिका–७ का वडा सदस्य एवम् गाउँपालिकाको गाउँ सभा सदस्य ४२ वर्षीय उमेशकुमार चौधरीको निधन भएको छ । कैलारी गाउँपालिका–७ भुईयाँफाँटा निवासी उनको हिजो साँझ निधन भएको हो ।

पसलमा बसेर कुराकानी गर्ने क्रममा एक्कासी अचेत देखिएका चौधरी त्यसपछि नउठेको वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता दीपेन्द्र बमले जनाए । उनका अनुसार वडा सदस्य चौधरी उच्च रक्तचापका बिरामी थिए । उनी रक्तचापको औषधि सेवन गर्दै आएका थिए ।

गाउँ सभा सदस्यको निधन भएपछि कैलारी गाउँपालिकाभरि आज शोक बिदा गरिएको छ । गाउँपालिका, वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालयहरुमा एक दिन शोक बिदा गरिएको प्रवक्ता बमले जानकारी दिए । उनले वडाले एक कुशल समाजसेवी गुमाएको उल्लेख गर्दै आज बस्ने कार्यपालिका बैठकले शोक प्रस्ताव पारित गर्ने जनाएका छन् ।

School
टिप्पणीहरू
Loading...