Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कृषि विकास बैंकद्वारा १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान

0

काठमाडौँ,२४ असार । कृषि विकास बैंकले १ सय ५२ पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज सूचना निकालेर खुला तथा समावेशीतर्फ आठौँदेखि चौथो तहसम्मका लागि आवेदन मागेको हो ।

बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्प्युटर अधिकृत, तीन इञ्जिनियर (सिभिल) र १२ कर्जा अधिकृतका लागि आवेदन मागेको हो ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि आवेदन दिन सकिने छ । आवेदन आउँदो साउन १२ गतेसम्म दिन पाइनेछ । दोब्बर दस्तुर तिरेर भने साउन १९ गतेसम्म दिन पाइने छ। 

School
टिप्पणीहरू
Loading...