Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पौने अर्ब 

0

कैलाली, १० असार ।। कैलालीको बर्दगोरिया गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७९/०८० को अनुमानित पौने अर्ब बजेट सार्वजनिक गरिएको छ । पालिकाले शुक्रवार १० औँ गाउँ सभा मार्फत कुल ७६ करोड ७० लाख ५५ हजारको अनुमानित बजेट सार्वजनिक गरेको हो ।  

यस गाउँपालिकामा सङ्घीय सरकारबाट ४४ दशमलव ६९ करोड र प्रदेश सरकारबाट १ दशमलव ५१ करोड प्राप्त हुने भएको छ भने २ दशमलव ५० करोड पालिकाको आन्तरिक स्रोतबाट सङ्कलन हुने अनुमान गरिएको छ ।

BHATBHATENIDHNG 20220610095338

 नेपाल सरकारबाट प्राप्त सशर्त अनुदान १३ करोड ६ लाख, विशेष अनुदान ३ करोड ९५ लाख, समपूरक अनुदान २ करोड ८० लाख, निशर्त अनुदान १२ करोड ५८ लाख, केन्द्र सरकारको राजस्व बाड्फाडबाट ९ करोड ५२ लाख २६ हजार र सशर्त पुजिगत अनुदान २ करोड ७८ लाख गरी कुल  ४४ करोड ६९ लाख २६ हजार प्राप्त हुने भएको छ ।

यस्तै प्रदेश सरकारको विशेष अनुदान २७ लाख ५० हजार, वित्तीय समानिकरण अनुदान ८९ लाख १८ हजार, समपूरक अनुदान ११ लाख राजस्व बाड्फाडबाट   हजार गरी कुल १ करोड ५१ लाख २९ हजार प्राप्त हुने जनाइएको छ ।  

यता गाउँपालिकाको आन्तरिक स्रोतबाट ७५ लाख, राजस्वबाट ७५ लाख र गाउँपालिकाको अन्य स्रोत रोयल्टी समेत गरी बाट करिब १ करोड गरी आगामी आर्थिक वर्षमा २ करोड ५० लाख रकम सङ्कलन हुने अनुमान गरिएको छ । पालिकामा सामाजिक सुरक्षा भत्ता मार्फत २० करोड प्राप्त हुने छ भने ८ करोड रुपैयाँ बैङ्क आ.ल्या रहेको जनाइएको छ ।

Mayaram
School
टिप्पणीहरू
Loading...