कैलाली, १० असार ।। कैलालीको घोडाघोडी नगरपालिकाले १५ औँ नगर सभा तथा आगामी आर्थिक वर्ष २०७९÷ ०८० को नीति तथा कार्यक्रम सहित १ अर्ब १ करोड २३ लाख २९ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७९/०८० का लागी १ अर्ब १ करोड २३ लाख २९ हजार बराबरको बजेट नगर सभामा उप प्रमुख गुलिया कुमारी चौधरीले शुक्रवार प्रस्तुत गरेका हुन् ।
१५ औँ नगर सभामा प्रस्तुत बजेटमा सघिय सरकार बाट राजश्व बाँडफाँडमा १७ करोड २५ लाख ६४ हजार, राजश्व बाँडफाँडमा प्रदेश सरकार बाट ५९ लाख ४९ हजार,वित्तीय समानीकरण अनुदान सघिय सरकार बाट २० करोड ७० लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकार बाट १ करोड ५४ लाख ३६ हजारको सीमा अनुमान गरिएको छ ।

त्यसै गरी सघिय सरकार बाट प्राप्त समपुर अनुदान ३ करोड ९० लाख, प्रदेश सरकार बाट समपुर अनुदान १ करोड १८ लाख, सघिय सरकार बाट विशेष अनुदान ५ करोड ८५ लाख, प्रदेश सरकार बाट विशेष अनुदान ९५ लाख, सघिय सरकार बाट प्राप्त सशर्त अनुदान ३५ करोड ७६ लाख र आन्तरिक श्रोतबाट प्राप्त नगद राजश्व १३ करोड ५० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक बहादुर रावतको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा सुदूर पश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमर बहादुर साउँद प्रमुख अतिथि रहेका थिए । नगर सभामा घोडाघोडी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।

