Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

यसै साता सुदूरपश्चिममा मनसुन भित्रिने मौसमविद्को भनाई

0

कैलाली, ५ असार ।। सुदूरपश्चिममा मनसुनी वायु भित्रन अझै केही दिन लाग्ने देखिएको छ । देशको पूर्वी क्षेत्रबाट भित्रिएको मनसुन आइतबारसम्म गण्डकी प्रदेशमा भित्रिएको छ । तर, सो मनसुन सुदूरपश्चिममा भित्रन भने अझै केही दिन लाग्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले बताए । मनसुन कहिले छिटो सर्ने र कहिले एउटै ठाउँमा रोकिरहने हुँदा सुदूरपश्चिममा कहिलेसम्म मनसुनी बायु सक्रिय हुन्छ भन्ने बारेमा भन्न नसकिने उनले बताए । तर, यसै साताभित्रै सुदूरपश्चिममा मनसुनी वायु भित्रिने उनको अनुमान छ ।

‘मनसुनी वायु गण्डकी प्रदेशसम्म पुगे पनि सुदूरपश्चिममा पुग्न भने अझै केही दिन लाग्ने देखिन्छ,’ मौसमविद् प्रधानाङ्गले भने, ‘छिनछिनमा मनसुनको गति परिवर्तन हुने हुँदा ठ्याक्कै दिन तोक्न भने सकिँदैन, तर यसै साताभित्र सुदूरपश्चिममा वर्षा हुनेछ ।’ उनले यसै हप्ताको मंगलबार देखि बिहीबार सम्म सुदूरपश्चिममा मनसुनी वायु भित्रिने अनुमान गरिएको बताए ।

BHATBHATENIDHNG 20220610095338

सुदूरपश्चिममा मनसुनी वायु नभित्रिए पनि पहाडी क्षेत्रमा वर्षा र तराईमा केही दिन बदली हुने मौसम पूर्वानुमान छ । कैलालीमा बिहीबारदेखि नै बदली रहेको र सोमबार पनि बदली हुने अनुमान गरिएको मौसमविद् प्रधानाङ्गले बताए ।

सुदूरपश्चिममा पश्चिमी वायु सक्रिय रहेका कारण प्रदेशका पहाडी क्षेत्रमा वर्षा हुने र तराईमा आंशिकदेखि पूर्ण बदली हुने सम्भावना रहेको उनले बताए । ‘पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना छ,’ उनले भने, ‘तराईमा वर्षाको सम्भावना न्यून छ, केही दिन आंशिकदेखि पूर्ण बदली हुने देखिन्छ, जसका कारण तापक्रम स्थिर रहन सक्छ ।’

Jay Bajrang
School
टिप्पणीहरू
Loading...