Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

प्रधानमन्त्री देउवा सुदूरपश्चिम आउने

0

कञ्चनपुर, १ असार ।। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार गृह प्रदेश आउने भएका छन्। शुक्रवार कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहका लागि देउवा कञ्चनपुर आउने भएका हुन्।

उक्त समारोहमा प्रधानमन्त्री एवम् सुदूरपश्चिमाञ्चल विश्व विद्यालयका कुलपति शेरबहादुर देउवा, शिक्षामन्त्री लगायतको सहभागिता रहने बताइएको छ।

उक्त समारोहमा ‘ग्रेस लिस्ट’मा रहेका एक हजार ५५८ विद्यार्थी दीक्षित हुने विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले जानकारी दिए।

BHATBHATENIDHNG 20220610095338
Mayaram
School
टिप्पणीहरू
Loading...