Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कठरिया सन्देश द्धारा गायक राम कुमार कठरिया उपचारार्थ आर्थिक सहयोग

0

पहलमानपुर, २३ जेठ ।। थारु गायक राम कुमार कठरियालाई कठरिया सन्देश पत्रिका द्धारा आर्थिक सहयोग गरिएको छ । पित्तथैलीको गम्भिर समस्याबाट ग्रसित गायक कठरियाको उपचारार्थ आर्थिक सहयोग गरिएको हो ।

कठरिया सन्देशका तर्फबाट ५ हजार २ सय ३७ र अन्य सहयोगी दाताहरुबाट संकलित ९ हजार ७ सय ६३ गरि १५ हजार बराबरको आर्थिक सहयोग गायक कठरियालाई हस्तान्तरण गरिएको थियो ।

दृष्टि विहिन समेत रहेका गायक राम कुमार कठरियाको आर्थिक अवस्था समेत एगदमै कमजोर छ जसले गर्दा उनको उपचारमा समस्या भैरहेकाले आफुहरुले सानो भएपनि सहयोगको कार्यक्रम अघि सारेको पत्रिका प्रकाशक, सम्पादक राजेन्द्र कठरियाले बताए ।

उनले भने गायक, रचनाकार र संगितकारका रुपमा परिचित राम कुमार कठरिया हाम्रो समाजको गहना हुन्, उनलाई सहयोग गर्नु हामी सबैको दायित्व हो त्यसैले उनलाई आवश्यक परे हामी थप सहयोगका कार्यक्रम अघि सार्नेछौं ।

उक्त सहयोग कार्यक्रम कठरिया सन्देश पत्रिका तथा अनलाइनका प्रकाशक, सम्पादक राजेन्द्र कठरिया, प्रधान सम्पादक टीआर कठरिया, सम्पादक तथा ब्यवस्थापक अर्जुन सिंह कठरियाको अगुवाईमा संचालन गरिएको थियो ।

ram kumar help
School
टिप्पणीहरू
Loading...