टीआर कठरिया, पहलमानपुर, १९ जेठ ।। कैलाली जिल्लामा प्रमुख बासोबास रहेको कठरिया थारु समुदायको राजनैतिक सक्रियता दिनप्रतिदिन ओरालो लाग्दै गएको छ । हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा सो समुदायबाट २०७४ सालको निर्वाचनमा भन्दा पनि कम जनप्रतिनिधी निर्वाचित भएकै कारण राजनैतिक सक्रियता ओरालो लागेको अनुमान गरिएको हो ।
कठरिया थारु समुदायको प्रतिनिधित्व गर्दै २०७९ सालको निर्वाचनमा सहभागि भएका मध्ये २ जना रेशम चौधरी पत्नी रंजिता श्रेष्ठ चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट पालिका उपाध्यक्षमा निर्बाचित भएका छन् ।
यस्तै ३ जना नेपाली काँग्रेसबाट वडा अध्यक्ष र नागरिक उन्मुक्ति पार्टीबाट १ जना वडा अध्यक्षमा निर्बाचित भएका छन् । यसका साथै निर्वाचनमा सहभागि भएका २ जना नेकपा (एमाले), १ जना नेपाली काँग्रेसबाट, १ जना नेकपा (माओवादी केन्द्र), २ जना नागरिक उन्मुक्ति पार्टीबाट र १ जना जनता समाजवादी पार्टीबाट र बाट वडा सदस्यमा निर्बाचित भएका छन् ।
यसरी उक्त समुदायको नेतृत्व गरि २०७९ सालको निर्वाचनमा १३ जना जनप्रतिनिधी निर्बाचित भए तर २०७४ सालको निर्बाचनमा भने कठरिया समुदायबाट १६ जनाले स्थानिय सरकार संचालनको जिम्मेवारी प्राप्त गरेका थिए ।
जसमध्ये एक जना नेपाली काँग्रेसका तर्फबाट पालिका उपाध्यक्ष, नेपाली काँग्रेसकै ३ जना वडा अध्यक्ष, १ जना नेकपा (माओवादी केन्द्र) का वडा अध्यक्ष निर्बाचित भएका थिए । त्यसैगरि सदस्यहरुमा एमालेका २ जना, नेपाली काँग्रेसका ४ जना, माओवादी केन्द्रका १ जना र फोरम लोकतान्त्रिकका ४ जना निर्वाचित भएका थिए ।
२०७४ को स्थानिय तहमा निर्बाचित भएका कठरिया जनप्रतिनिधीहरु
कैलारी गाउँपालिका
१. दुखिराम कठरिया (८ नं. वडा अध्यक्ष) माओवादी केन्द्र
२. तारामल कठरिया (८ नं. वडा खुल्ला सदस्य) नेपाली काँग्रेस
गोरीगंगा नगरपालिका
३. मिना चौधरी (कठरिया) (१० नं. वडा महिला सदस्य) एमाले
घोडाघोडी नगरपालिका
४. कुवंर सिं कठरिया थारु (३ नं. वडा खुल्ला सदस्य) माओवादी केन्द्र
५. नन्दराम कठरिया थारु (११ नं. वडा खुल्ला सदस्य) फोरम लोकतान्त्रिक
६. महाराज कठरिया थारु (११ नं. वडा खुल्ला सदस्य) फोरम लोकतान्त्रिक
जानकी गाउँपालिका
७. ढोरिया कठरिया थरुनी (३ नं. वडा महिला सदस्य) एमाले
८. विलासपति रावत कठरिया (४ नं. वडा महिला सदस्य) फोरम लोकतान्त्रिक
९.फुलपति देवि कठरिया (४ नं. वडा खुल्ला सदस्य) फोरम लोकतान्त्रिक
जोशीपुर गाउँपालिका
१०. गीता कठरिया (पालिका उपाध्यक्ष) नेपाली काँग्रेस
११. किशोर कुमार कठरिया (३ नं. वडा अध्यक्ष) नेपाली काँग्रेस
१२. सदानन्द रावत कठरिया (६ नं. वडा खुल्ला सदस्य) नेपाली काँग्रेस
१३. कविता कुमारी बडायक कठरिया (६ नं. वडा महिला सदस्य) नेपाली काँग्रेस
बर्दगोरिया गाउँपालिका
१४. निर्मला कुमारी कठरिया थारु (२ नं. वडा महिला सदस्य) नेपाली काँग्रेस
भजनी नगरपालिका
१५. अमर बहादुर कठरिया (७ नं. वडा अध्यक्ष) नेपाली काँग्रेस
लम्कीचुहा नगरपालिका
१६. हर्क बहादुर कठरिया थारु (१० नं. वडा अध्यक्ष) नेपाली काँग्रेस
२०७९ को स्थानिय तहमा निर्बाचित भएका कठरिया जनप्रतिनिधीहरु
घोडाघोडी नगरपालिका
१. पार्बती देवि कठरिया (वडा नं. ११ महिला सदस्य) जसपा
कैलारी गाउँपालिका
२.तारामल कठरिया (वडा नं. ८ वडा अध्यक्ष) काँग्रेस
जानकी गाउँपालिका
३. लालमति देवि कठरिया (पालिका उपाध्यक्ष) नागरिक
४. चित्र कुमारी कठरिया ( वडा नं. २ महिला सदस्य) काँग्रेस
५.दिपेन्द्र कुमार कठरिया (वडा नं. ४ वडा अध्यक्ष) नागरिक
६. शुसिला कठरिया (वडा नं. ४ महिला सदस्य) नागरिक
जोशीपुर गाउँपालिका
७. रेखा देवि कठरिया (पालिका उपाध्यक्ष) नागरिक
८. राजेन्द्र प्रसाद बडायक (वडा नं. ६ खुल्ला सदस्य) माओवादी केन्द्र
बर्दगोरिया गाउँपालिका
९. राम चन्द्र कठरिया थारु (वडा नं. १ खुल्ला सदस्य) एमाले
१०. निशा चौधरी (कठरिया) (वडा नं. ६ महिला सदस्य) एमाले
लम्कीचुहा नगरपालिका
११. हर्क बहादुर कठरिया थारु (वडा नं. १० वडा अध्यक्ष) काँग्रेस
भजनी नगरपालिका
१२. अमर बहादुर कठरिया (वडा नं. ७ वडा अध्यक्ष) काँग्रेस
१३. राजमति चौधरी (कठरिया) (वडा नं. ७ महिला सदस्य) नागरिक

