Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

सेवक नेपाल द्धारा घोडाघोडीका जनप्रतिनिधीहरु संग अन्तरक्रिया

0

पहलमानपुर, १९ जेठ ।। घोडाघोडी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधीहरु संग सेवक नेपालले अन्तरक्रिया गरेको छ । सो संस्थाले नगरपालिकाको कार्यक्षेत्र भित्र संचालित परियोजनाहरुको बारेमा अन्तरक्रिया गरेको हो ।

घोडाघोडी नगरपालिकामा स्थानिय सरकार र युएनडिपीको आर्थिक सहयोग तथा सेवक नेपाल द्धारा हरित उद्यमशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना संचालनमा रहेको छ ।

सो परियोजनाले महिला, दलित, विपन्नवर्ग, एकल महिला, सिमान्तकृत समुदाय, कोरोनाले रोजगारी गुमेका परिवारहरुलाई प्राथमिकतामा राखेर कार्यक्रम संचालन गरिरहेको सेवक नेपालका अध्यक्ष पवन भण्डारीले सहभागिहरुलाई जानकारी गराएका थिए । उक्त कार्यक्रममा संस्थाको उदेश्य, परियोजनाको हाल सम्मको प्रगति प्रतिवेदन, आगामी योजना लगायतको बिषयमा छलफल गरिएको थियो ।

घोडाघोडी नगर क्षेत्रमा कृषि तथा पशुपालनको क्षेत्रमा राम्रो सम्भावना भएकाले यहाँका वास्तविक विपन्न परिवारको जिवनस्तर उकास्नका लागि आफुहरुले विपन्नवर्ग लक्षित कार्यक्रम आयोजना गरिरहेको युएनडिपीका फिल्ड कार्यालय धनगढीका प्रमुख बैजन्ती गिरी सिंहले बताए । उनले घोडाघोडी नगरपालिकामा मौसमी तथा बेमौसमी तरकारी खेति, च्याउ खेति, फलफुल खेति, मत्स्यपालन, बंगुरपालन लगायतको कृषि तथा पशुपालनको क्षेत्रमा कार्य गरिरहेको भएपनि समुदायको माग अनुसार थप कार्यक्रम समेत उपलब्ध गराउने बताए ।

यस्तै छलफल कार्यक्रममा नगरप्रमुख खडक रावतले विगत देखि वास्तविक कृषक जो कृषि कर्मबाट जिवन निर्वाह गरिरहेका छन् । उनिहरु जहिल्यै पनि राहत, अनुदान र सहयोगबाट बञ्चित हुँदै आएको बताए जुन प्रबृतिलाई विभिन्न संघ, संस्था र स्थानिय सरकारको सहकार्यमा निरुत्साहित गरि बास्तविक कृषकहरुलाई प्रोत्साहन गर्नु पर्ने सुझाएका थिए ।

उक्त कार्यक्रममा नगरमा रहेका विपन्नवर्गहरु मध्ये २ सय ५० जनालाई छनौट गरि आयआर्जनमुलक कृषि तथा पशुपालन कार्यमा संलग्न गराई उद्यमीहरुको जिविकोपार्जनलाई टेवा पुर्‍याउने उदेश्यका साथ परियोजनाका कृयाकलापहरु संचालन गरिहेको परियोजना संयोजक इन्द्रराज जोशीले बताए । उनल भनेे घोडाघोडी ताल, माघी होम स्टे पर्यटकिय हिसावले प्रवल सम्भावना बोकेको हुनाले यिनिहरुको थप ब्यवस्थापनमा समेत हाम्रो चासो रहेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख खडक रावत, उपप्रमुख गुलिया कुमारी चौधरी, वडा नं. १ का वडा अध्यक्ष घनश्याम ओझा, ४ नं. वडा अध्यक्ष भरत बहादुर शाही, ५ का वडा अध्यक्ष लोक बहादुर चन्द, ८ का वडा अध्यक्ष विरबहादुर साउँद, नगरका प्रमुख प्रशासकिय अधिकृत दिपक कुमार आचार्य लगायत विभिन्न साखाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

Mayaram
School
टिप्पणीहरू
Loading...