Kathariya Sandesh
Kathariya Sandesh is Nepal's no 1 Nepali news portal and Kathariya Sandesh official website.This delivers the latest breaking news and information on latest top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more.

कैलारीको पहिलो निर्णय : मालपोत करमा ५० प्रतिशत छुट र निशुल्क एम्बुलेन्स सेवा

0

कैलाली, १८ जेठ ।। कैलाली जिल्लाको कैलारी गाउँपालिका कार्यसमितिको पहिलो बैठकबाट मालपोट करमा ५० प्रतिशत छुट गर्ने निर्णय गरेको छ । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीको अध्यक्षतामा बुधबार बसेको कार्यसमितिको पहिलो बैठकबाट मालपोटमा लाग्ने करमा ५० प्रतिशत छुट गर्ने निर्णय भएको गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ७ का वडा अध्यक्ष दिपेन्द्र बहादुर बमले जनाए ।

त्यस्तै बैठकबाट नवजात शिशु जन्मेको ३५ दिन भित्र जन्मदर्ता गरेमा दुई पोका आयोडिन नून र तीन पिस साबुन दिने, गाउँपालिकाका कुनैपनि सुत्केरी महिलालाई कैलाली जिल्लाभित्र सुत्केरीको समयमा विरामी भएर बाहिर लैजानु परेका निशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने निर्णय पनि भएको प्रवक्त बमले बताए । बैठकबाट विद्युत काउन्टर पनि हसुलियामा खोल्न पहल गर्ने निर्णय गरेको उहाँले जनाए ।

बैठकबाट विषयगत समिति ६ वटा र ६ अन्य उपसमिति गठन गर्दै गाउँपालिकाको प्रवक्तामा वडा नम्बर ७ का अध्यक्ष दिपेन्द्रबहादुर बमलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

विषयगत समितिमा सुशासन तथा संस्थागत विकास समितिको संयोजकमा दिपेन्द्रबहादुर बम (वडा–७ का अध्यक्ष), सदस्यहरुमा धनबहादुर राना (वडा–९), लिलादेवी चौधरी (वडा–१), राजकलादेवी खनाल (वडा–२), किसुनलाल चौधरी(वडा–३), मोहनलाल चौधरी (वडा–४), मनिराम कुमाल (वडा–५), गिता सुनार (वडा–६), झुमा परियार (वडा नम्बर ८) रहेका छन ।
विद्येक समितिका संयोजकमा विकास चौधरी (वडा–२ का अध्यक्ष), सदस्यहरुमा पुष्पा भुल (वडा–१) टिकाकुमारी चौधरीभुल (वडा–१), हरिद्वारी चौधरी (वडा–४), शान्तिकुमारी चौधरी (वडा–५ रहेका छन ।

सामाजिक विकास समितिका संयोजकमा सन्तराम चौधरी (वडा–३ का अध्यक्ष) सदस्यहरुमा आशिका चौधरी (वडा–२), सैतुराम चौधरी (वडा–३), सुवा परियार(वडा–४), मानबहादुर चौधरी(वडा–५), फुलपाति चौधरी(वडा–६), आरती विक(वडा–७), लक्ष्मी कुमारी चौधरी(वडा–८), कृष्णीदेवी दमाई(वडा–९) रहेका छन ।

वन वातावरण तथा विपद व्यवस्थापन समितिको संयोजकमा ठागुराम चौधरी (वडा–४ का वडा अध्यक्ष) सदस्यहरुमा शिकारी चौधरी (वडा–१), सन्तराम चौधरी (वडा–२), सैतुराम चौधरी (वडा–३), सुवा परियार(वडा–४), पवित्रा परियार (वडा–५), सुनिता चौधरी(वडा–६), उमेश कुमार चौधरी (वडा–७), विजय चौधरी(वडा–८), जगमा चौधरी (वडा–९) रहेका छन ।

भौतिक पूर्वाधार विकास समितिको संयोजकको जिम्मेवारी वडा नम्बर ६ का अध्यक्ष प्रेमबहादुर चौधरीलाई दिइएको छ । समितिको सदस्यहरुमा पुष्पा भुल(वडा–१), आशिक चौधरी (वडा–२), शकुन्तला बखरिया (वडा–३), हरिद्वारी चौधरी(वडा–४), अनारकली चौधरी (वडा–५), महाविर चौधरी( वडा–६), टुनीराम चौधरी (वडा–७), विजय चौधरी(वडा–८) र कृष्णीदेवी दमाई (वडा–९) रहेका छन ।

त्यस्तै आर्थिक समितिको जिम्मेवारी वडा–५ का वडा अध्यक्ष विष्णु प्रसाद चौधरीले पाएका छन । समितिका सदरुयहरुमा तुल्सीप्रसाद चौधरी(वडा–१), विकास चौधरी(वडा–२), सन्तराम चौधरी (वडा–३), लक्ष्मीकुमारी चौधरी (वडा–४) सुनिला चौधरी(वडा–५), सुन्दरीदेवी चौधरी(वडा–७), तारामल कठरिया(वडा–८), शान्तिकुमारी चौधरी (वडा–९) र भागुदास चौधरी (वडा नम्बर ५) रहेका छन ।

बैठकको निर्णयमा लेखा समितिमा टिकाकुमारी चौधरी भुल, लाल बहादुर विक, मनिराम कुमाल रहेका छन ।
त्यसैगरी न्यायिक समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष भगवती कुमारी चौधरी, कार्यपालिकाले तोकेको २ जना सदस्य, वडा नम्बर १ का अध्यक्ष धोजहरिपाल बोहरा, हरिद्वारी चौधरी र कार्यपालिकाले तोकेको कर्मचारी सदस्य सचिव रहने जनाएको छ ।

अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजकमा गाउँपालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिका अध्यक्षले तोकेका १ महिला २ जना कार्यपालिका सदस्य खेमराज चौधरी, सुनिला चौधरी र योजना शाखा प्रमुख समितिमा रहने जनाएको छ ।

बैठकमा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी चुनावी घोषणापत्रमा उल्लेख भएको कृषि, स्वास्थ्य, शिक्षा लगायतका बुँदाहरुलाई मध्यनजर गरी गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा समावेश गरिने बताएका छन् ।

Mayaram
School
टिप्पणीहरू
Loading...